बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजारमा तीजेगीतको बाढी

बजारमा तीजेगीतको बाढी

स्वतन्त्रता, स्वच्छन्दता र सामयिकताका भाव हावी


  • कृष्ण संयोग
  • साउन १७ २०७७, शनिबार

बागलुङ, १७ साउन– तीज नजिकिँदो छ । नारीको लागि स्वतन्त्रताको पर्व पनि हो, यो । आफ्नो शौभाग्यलाई केन्द्रमा राख्दै आश्रित पतिको दीर्घायूको कामना गर्दैगर्दा,छोरी हैन, पत्नी र बुहारीको भूमिका निभाउँदाका अनुभूति गीतमार्फत् व्यक्त गर्ने स्वतन्त्रता तीजमै पाइन्थ्यो । माइतीको आँगन टेक्ने अवसर दिलाउने यो पर्वमा कतिले त्यो अवसर पाउँथे होलान् ? कतिजना चाहिँ आँशु पिएर ब्रत बस्न बाध्य हुन्थे होलान् ? यो कल्पना नै भयो !
जे भए पनि तीजमा महिलाहरुले अभाव, उत्पीडन अनि बाध्यताबीचको जीवनमा आँशु र खुसीको अर्थ कति रहन्छ भन्ने अनुभूति गर्थे । अनि मनका भाव गीतमार्फत् व्यक्त गर्थे । त्यसलै ती गीतहरु मार्मिक हुन्थे, कालजयी बन्थे । तर, समय त्यस्तो रहेन । महिलाहरु हिजोभन्दा स्वतन्त्र भए । आफ्नै खुट्टामा उभिने र लोग्ने कज्याउने अवस्थामा पुगे । पीडा होस् वा खुसी ! महिलाहरु तीजमा गीतमार्फत् मुखरित हुन्थे । विद्युतीय उपकरणहरू नहुँदा समेत महिलाहरू समूहमा भेला भएर गीत गाउँथे । अब ती दिन रहेनन् । मेट्रो जमानामा रेडियो, टेलिभिजन तथा युट्युवबाटै तीजसँग जोडिएका गीत आउन थाले । महिलाको पीडा र खुसीमा पुरुष नै सामेल हुन थाले । भड्किलो बन्दै गएको तीजसँगै यसका मौलिक पक्षहरु समेटिने छोराछोरीबीचको विभेद, पीडा, सासू–बुहारीको कचकच, दु ःख, ईष्र्याजस्ता विषय बिस्तारै हराउँदै गए । निराहार बस्ने सांस्कृतिक मान्यता पनि भाँच्चिदै गयो । दर खाने परम्परा पनि भड्किलो भयो ।दरमा दारु पनि मिसिन थाल्यो । स्वच्छन्दता बढी हुँदा नाच पनि स्लोबाट फाष्ट बन्यो । हिजोका प्रताडनाहरु कायमै होलान् तर तीज विरहमा मात्रै सीमित भएन । तीजले मौलिकता गुमाए पनि स्वतन्त्रताको अनुभूति गराउन भने छाडेको छैन ।सामयिकतालाई यसले छाडेको छैन । त्यसलै यो अझ लोकप्रिय बनेको छ ।
अर्कोतर्फ, हिन्दु महिलाले मनाउने यो चाडसँग उहिल्यै शौभाग्यका सामग्री बेच्ने मुस्लिम महिलाहरु जोडिएका हुन्थे । तर, जमाना फेरिँदा अहिले यो चाडसँग कलाकार पनि जोडिएका छन् । महिलाले आफ्ना सुख–दुःख गीतमार्फत् अभिव्यक्त गर्ने मौलिकतामाहोस् वा स्वतन्त्रताको अनुभूति नै किन नहोस्, त्यसमा टेकेर कलाकारले तीजलाई आयआर्जनको माध्यम बनाएका छन् । र, यो वर्ष पनि त्यो उपक्रम सुरु भइसकेको छ । योवर्ष कोभिड–१९ कोराना भाईरस विश्व आंतकित छ तर नेपाली बजारमा तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् ।
यसवर्ष रिलिज भएका तीजेगीतमा मौलिकताभन्दा पनि पश्चिम शैलीका भाका तथा विवादित शब्दहरु समेटिएका छन् । भष्टा«चारलाई मुत्ने गरि हान्देखि कोरोना ला’छैनसम्मका विषयवस्तुहरु समेटिएर गीत बजारमा आएका छन् ।
यो वर्ष के कस्ता गीत बजारमा भाईरल भएका छन् त ?
१. भष्ट्राचारलाई मुत्ने गरि हान्
सेक्सी गायिकाको छुट्टै पहिचान बनाएकी गायिका ज्योति मगर र गायक तिलक वलीको स्वरमा भष्टा«चारीलाई मुत्ने गरि हान्बोलको गीत युट्युवमार्फत् सार्वजनिक भएको छ । जसमा तिलक वलीको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ ।
२. कोरोना ला’छैन
कोरोना भाइरसले विश्व आंतकित भएको बेला चर्चित गायक खुमन अधिकारी र गायिका सम्झना भण्डारीले ‘थाहा छैन, डराऊ माया कोराना लाछैन’ बोलको गीत बजारमा ल्याएर आएका छन् । यो समाचार तयारपार्दा सम्म गीतले ६ दिनमा करिब ५ लाख दर्शकको माया पाएको छ ।
३. हामी पनि नाच्नुपर्छ भाग २ र ३
महिलाले मात्र तीजमा रमाइलो गर्नुपर्ने भन्ने कुरालाई खण्डन गरेर गायक दुर्गेश थापाले अघिल्लो वर्ष पुरुषले पनि नाच्न पाउनुपर्ने कुरालाई उठान गरेर हामी नाच्नुपर्छ बीचबीचमा भन्ने गीत गाए । चर्चामा पनि आए । महिलाले पनि यो गीतमा कम्मर मर्काए । हौसिएका उनै दुर्गेशले कोरोना भाइरसले गर्दा माछामाछा भ्यागुतो यसपालि तीज भएको भन्दै हामी नाच्नुपर्छ बीच्चबीच्चमा भाग २ र नेपालमा पछिल्लो क्रममा भएको घटनालाई समावेश गरेर महिला भेष लगाएर नाचेको हामी नाच्नुपर्छ बीचबीचमा भाग २ ले यूट्युव टेण्डिडमा लामो समय वर्चश्व कायम ग¥यो । विवाद मन पराउने दुर्गेशलाई गीतले विवादबाट मुक्त गरेन् झन विवादित चाहिँ बनायो ।

हिन्दु महिलाले मनाउने यो चाडसँग उहिल्यै शौभाग्यका सामग्री बेच्ने मुस्लिम महिलाहरु जोडिएका हुन्थे । तर, जमाना फेरिँदा अहिले यो चाडसँग कलाकार पनि जोडिएका छन् । कलाकारले तीजलाई आयआर्जनको माध्यम बनाएका छन् ।

४. पशुपतिको पुरानै
तीजेगीतमा रत्यौली ढालेर पछिल्लो क्रममा चर्चाको शिखरमा पुगेका गायक पशुपति शर्माले पुरानै शैलीका गीत बजारमा ल्याएका छन् । चर्चित गायिका देवी घर्ती ज्योति लोहनी, सम्झना भण्डारीलगायत अन्य गायिकसँंग मिलेर चट्ट लोकल कुखुरा, लोभी दाई, निदाइन ३ दिन, दुइ बिसेले छोयोजस्ता ती गीतले पनिबजार तताएको छ ।
५. पीडा बक्ने ‘बैनी बरीलै’
चार्डपर्वमा माईत आउन नपाएका चेली र उनीहरुलाई पर्खिएका माइतीको व्यथा समेटिएर तयार गरिएको तीजेगीत ‘बैनी बरीलै’ लोकदोहोरी गायक बाबुकृष्ण परियार र गायिका शान्ति श्री परियारले गाएका हुन् । कोरोना भाइरसले गर्दा बैनीलाई घर ल्याउन नसेकेको र माइती गाउँ जान नपाएको गुनासो यो गीतमा समावेश गरिएको छ ।
६. फिरिया भिजायो बर्खे झरीले
हरितालिका तीज आउन २ महिना बाँकी छँदै गर्दा गायिका प्रिति आलले फरिया भिजायो बर्खे झरी रिलिज गरिन् । तर, गीत रिलिज भएलगत्तै विवादमा आयो । गीतमा समावेश शब्द र तीजको संस्कृती विपरित रहेको भन्दै धेरै विरोध पनि गरेका थिए । यो गीत लामो समय नेपाली बजार मज्जाले तताएको थियो ।
७. टिकटक हिटे सोचे झैँ जिन्दगी रैनछ
पछिल्लो क्रममा नेपाल टिकटकमा नेपाली गीत हिट भयो भने मात्र बजार बल्ल राम्रो गीत आएको रहेछ भन्ने थाहा हुन्छ । यस्तै टिकटकले हिट बनाएको गीत हो, गायक खेम सेन्चुरी र गायिका मधु क्षेत्रीको स्वरमा रहेको तीजेगीत सोचे झैँ जिन्दगी रैनछ । उसो त, खेम सेन्चुरी पछिल्लो वर्षजस्तै यस वर्ष पनि धेरै तीजेगीत गाएका छन्। अहिलेको समय भाइरलबाला गायिका कमला घिमिरेसँग नरोऊ बरिलै पनि यूट्युवमा धेरै समय टेन्डिडमा वर्चस्व राख्न सफल भयो ।
८. ‘सारी मै राम्री नेपाली नारी’
मालश्री रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्न व्यस्त तथा प्रखर एरेन्जर मानिने नयाँ गायक समित परियार र गायिका पुर्णिमा कोइरालाले नेपालीपन झल्काउने सारी मै राम्री नेपाली नारी बोल गीतको भिडियो सार्वजनिक गरेका छन् ।

तीजले स्वच्छन्दता र स्वतन्त्रताको सीमा खुम्चाए पनिस्वतन्त्रताको अनुभूति गराउन छाडेको छैन । सामयिकतालाई यसले छाडेको छैन । मौलिकता गुम्दा पनि त्यसलै यो अझ लोकप्रिय बनेको छ ।

९. क्वारेण्टिनको पीडा
कोरोना भाईरसले विश्वभर आंतकित भइरहेको बेला नेपालमा विदेशबाट आउँदाको घर फकिएपछि क्वारेण्टिनमा बस्नुपर्दा यो तीजमा दिदीलाई भेट्न नपाउँदा र लिन जान नपाउँदा दिदीभाई तीज पारिवारिक गन्थन शीर्षक गायक राजेश वर्देवाले भिडियो बजारमा लिएर आएका छन् ।
१०. बरिलै बर्खा झरीलाई
नवप्रतिभा गायिका सिर्जना कुँवरले लोकदोहोरीमा माहिर मानिने गायक रेशम निर्दोषसँग मिलेर बर्खा समय पर्ने तीजको झल्को दिने खालको बरिलै बर्खा झरीलाई सार्वजनिक गरेकी छिन् । जुन गीतले माइतीघरमा रहेको बाबाआमा, दाजुभाइले कति सम्झे होलान् र माइत जान नपाउँदा कति चिन्तामा होलान् भन्ने भाव बुझाउँछ ।
यसका अलावा, यस वर्ष चर्चामा रहेकोका अन्य गीतहरुमा प्रकाश सपूतको बदला बरिलै, रिना केसीको आवाज रहेको माइत जाने बाटैमा भाइरस, कला लम्सालको पातली, जया देवकोटाको मज्जाले नाचौँ, सानो उमेरका एलिना चौहान, समिक्षा अधिकारी र रचना रिमालको संयुक्त आवाज रहेको आयौँ चेलीलगायत रहेका छन् । समग्रमा अहिले बजारमा आएका गीतहरु सिडी वा क्यासेटमा सुनिँदैन । युट्युवमार्फत् सार्वजनिक भएका यस्ता गीतहरु मोवाइलमै डाउनलोड गरिन्छ । सुन्नेभन्दा पनि हेर्ने र नाच्ने गीतहरुको बोलबाला भएको यो जमानामा कलाकारहरुले त्यही टे«ण्ड पच्छ्याएका छन् । विरह पोख्ने पर्वमा सीमित नभएको र स्वतन्त्रतासँगै स्वच्छन्दता पनि मिसिएको तीजमा यी गीतहरुले महिलाहरुलाई भरपुर मनोरञ्जन दिने, नचाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->