बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीजी भाकामा बलात्कारीलाई बदला लिने बरिलै (भिडियोसहित)

तीजी भाकामा बलात्कारीलाई बदला लिने बरिलै (भिडियोसहित)


  • कृष्ण संयोग
  • साउन १९ २०७७, सोमबार

बागलुङ, १९ साउन– बोलमाया र गलवन्दी च्यातियोजस्ता चर्चित गीतहरु सिर्जना गरेका बागलुङे सर्जक प्रकाश सपुतले अर्को मार्मिक गीत बजारमा ल्याएका छन् । यसै साता बजारमा आएको ‘बदला बरिलै’ गीतले यो समाचार तयार पार्दासम्म नेपाली सांगीतिक बजारको दैनिक मुल्यांकनमा दोस्रो स्थान हाँसिल गरेको छ ।
सार्वजनिक भएको एक साता नबित्दै टे«ण्डिङ ०२ मा पुगेको यो गीतले फेरी एक पटक सपुतलाई नेपाली सांगीतिक बजारमा चर्चाको शिखरमा पु¥याउने आँकलन गरिएको छ । पछिल्लो समय तीज गीतहरु हाम्रै समाजमा घटेका घटनालाई समावेश गरि समसायिक विषयवस्तुलाई उठान गरि बनाईने गरिएको छ ।
गायक, मोडेल तथा निर्देशक प्रकाश सपूतले पनि बलात्कार गरि झुण्डाई मारेकालाई पनि त्यसैगरि भुण्डाएर मुत्यु दिनु भन्ने सन्देश ‘बदला बरिलै’ को गिती संग्रहमा समाबेश गरेका छन् । कम शव्द र लयको मनोभावमा आधारित स्वर लय भएपनि म्युजिक भिडियोले सग्लो चलचित्रको जत्तिकै सन्देश दिएको छ ।
गीतमा चर्चित गायिका देवी घर्तिको आवाज, प्रकाश सपूतको शब्द÷संगीत, मिक्सिङ तथा संगीत संयोजन श्यामश्वेत रसाईलीको रहेको छ । अनिल अधिकारी र किरण बिकले रेकर्ड रहेको गीतलाई प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
सुन्दरी अभिनेत्रीको छाप बनाईसकेकी चर्चित अभिनेत्री केकी अधिकारी, धुव्र कोइरालालगायतको अभिनय रहेको भिडियोको छायाङकन अनिल कृष्ण मानन्धर, सम्पादन प्रविण भट्ट, क्रियटिभ निर्देशन देवेन्द्र बल्लु, कथा तथा निर्देशन गायक सपूतको रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->