बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

निसीखोलाले थाल्यो प्रसुती प्रतिक्षा घर बनाउने काम

निसीखोलाले थाल्यो प्रसुती प्रतिक्षा घर बनाउने काम


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

बागलुङ, १ भदौ– जिल्लाको निसीखोला गाउँपालिकाले प्रसुती प्रतिक्षा घर निर्माण थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला तथा उनीहरुका कुरुवाको सहजताका लागि प्रसुती प्रतिक्षा घर निर्माण थालिएको हो । बोहोरागाउँ स्वास्थ्य चौकी नजिकै चालु आर्थिक वर्षमा नै निर्माण सम्पन्न गर्नेगरी प्रतिक्षा घर निर्माणको काम थालेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
‘यो घर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहन्छ’ पौडेलले भने ‘प्रसुती तथा सुत्केरी अवस्थामा हुने कठिनाईहरु कम गर्न यो घर सहयोगी बन्न सक्छ ।’ स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई शैय्याको व्यवस्था भएपनि उनीहरुको हेरचाहमा आउनेहरुको लागि बस्न समस्या हुने भएकाले यो घर निर्माण थालेको उनले बताए ।
गाउँपालिकाले यो घर निर्माणका लागि तीन लाख रुपैयाँ खर्चिने छ । ग्रामिण स्वास्थ्य सुधार परियोजनाको २ लाख ५० हजारसमेत गरि कुल ५ लाख ५० हजार रुपैयाँको लागतमा प्रतिक्षाघर निर्माण भईरहेको पौडेलले बताए ।
फेयरमेड फाउण्डेसन नेपालको सहयोग तथा भीमापोखरा युवा क्लब (बिवाईसी) बाग्लुङको साझेदारीमा सञ्चालित कार्यक्रम ग्रामिण स्वास्थ्य सुधार परियोजनाअन्र्तगत जिल्लाको पश्चिम क्षेत्रमा गर्भवती महिलाहरुको सहजताका लागि प्रसुति प्रतिक्षा घर निर्माण भईरहेको फिल्ड सुपरभाइजर रामेश्वर शाहले बताए । यो घरमा ४ शैय्या हुनेछन् ।
प्रतिक्षार्थीहरुको लागि घरमा भाडावर्तन, ग्यास, कपडालगायतका सामग्री राखिने तर पकाउने खानेकुरा भने सेवाग्राही आफैले व्यवस्था गर्नुपर्ने शाहले बताए । निसीखोलाले वडा नं. २ चलाउनेमा गाउँघर क्लिनिक सञ्चालनको तयारी थालेको छ । क्लिनिक सञ्चालनका लागि भवन निमार्णको काम भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । स्थानीयको सहजताका लागि घुम्ती स्वास्थ्य सेवा गाउँघर क्लिनिक सञ्चालन गर्न लागिएको वडाध्यक्ष कुविर विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->