बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वडाध्यक्ष श्रीषको ‘कुहु कुहु चरी’ सार्वजनिक

वडाध्यक्ष श्रीषको ‘कुहु कुहु चरी’ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७७, शनिबार

बागलुङ, १ कार्तिक– जिल्लाको काठेखोला गाउँपालिका–८ कि वडाध्यक्ष चित्रकला श्रीसको लोकदोहोरी गीत ‘कुहु कुहु चरी’ सार्वजनिक भएको छ । आत्मविश्वास फिल्मस्को युटुव च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
समाजसेवासँगै गायन क्षेत्रमा रुची राख्ने श्रीसको यो पहिलो एल्वम हो । समसामयीक प्रेम कहानीमा आधारित गीतको आकर्षक म्युजिक भिडियो तयार भएको छ । गीतमा सर्जक दुर्गा बिरहीले लय तथा शव्द भरेका छन् । बिक्रम परियार र चित्रकला श्रीसको स्वर रहेको गीतको झलक संगीतम्ले एरेन्ज गरेका हुन् ।
आलाप स्टुडियोमा रेकर्डिङ भएको गीतको म्युजिक भिडियोमा शिव विकले निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन रहेको गीत मिलन बिकले सम्पादन गरेका हुन्भने दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->