लण्डन, ६ कार्तिक– नेपालमा रहँदा उद्घोषणमा जमेकी निरुशा भट्टराई अब गायिकाको रुपमा उदाएकी छिन् । पछिल्लो समय बेलायतमा रहेकी भट्टराईले नेपाली सांगीतिक दुनियाँमा प्रवेश गरेकी हुन् ।
निरुशाकोे पहिलो गीत ‘छलक छलक छल्को माया’ गीत बजारमा आएको छ । युट्युवमार्फत बजारमा आएको गीतको म्युजिक भिडियो आकर्षक छ । नयाँ नयाँ न्युज नेपाल युटुब च्यानलले गीत बजारमा ल्याएको हो । अष्ट्रेलिया बस्दै आएका संगीतकार दिपक सिलवालले संगीत भरेको गीतका शब्द पनि उनैका हुन् । ८ मिनेट लामो म्युजिक भिडियोमा चर्चित कलाकारहरू पल शाह, वर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन् । फरक शैलीमा प्रस्तुती रहेको गीत अधिकांशले रुचाएका छन् ।





