बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन

लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन


  • ढोरपाटन संबाददाता
  • कार्तिक २९ २०७७, शनिबार

तनहुँ, २९ कात्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण फैलने डरले ११ चैतदेखी मुलुकमा लकडाउन भयो । लकडाउनको बेला कोरोनाको डरले सबैलाई घरमै थुन्यो । व्यस्त दैनिकीबाट फुर्सदिलो बनेका यहाँका एक जना शिक्षकले लकडाउनलाइ अवसर ठाने र, साहित्यमा कलम चलाए । लकडाउनको सदुपयोग गर्दै दुलेगौँडास्थित पञ्चमुनीदेव मावीका नेपाली बिषयका शिक्षक एकनारायण भण्डारीले लेखेको पहिलो उपन्यास ‘निरुत्तर’ को विमोचन गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको सन्दर्भ पारेर शनिबार शुक्ला साहित्य संगमका संरक्षक शेषमणि आचार्यले उपन्यासको विमोचन गरे । आचार्यले साहित्य सिर्जनाले समाजको चित्रण गर्दै विकृती विसंगती न्यूनिकरणमा भुमिका खेल्नुपर्ने बताए ।
‘निरुत्तर उत्तरसिहतको सामाजको यथार्र्थ हो’, उनले भने, ‘वर्तमान समाजलाई परिर्वतन गर्न यो कृतीले अवश्य सघाउँछ ।’ लकडाउनले धेरै क्षेत्रलाई नराम्ररी थला पारेपनि साहित्यको फाँटमा भने नयाँ नयाँ प्रतिभाको जन्म भएको उनको भनाई छ । बाराही साहित्य प्रतिष्ठानको आयोजनामा विमोचन गरिएको उपन्यासमाथी समिक्षा गर्दै आख्यानकार दिपक समिरले उपन्यास पढेपछि गलत बाटोमा लागेकाहरुलाई सचेत गराउने बताए । तर, सम्पादनको हतारोले गर्दा उपन्यासमा केही त्रृटी भेटिएको बताउदै लेखनमा हतारो गरेपनि सम्पादनको बेला कहिल्यै हतारिन नहुने उनको सुझाव छ । पुर्विय सभ्यतालाई उपन्यासले समेट्नु सकरात्मक पक्ष रहेको उनको भनाई छ ।
२०४८ सालदेखी शिक्षण पेशामा आबद्ध भण्डारीका फुटकर सिर्जना विभन्नि पुस्तकमा प्रकाशित हुदैँ आएका थिए । पहिलो उपन्यास विमोचन भएपछि निरुत्तर–२, ढुंगा मान्छेहरु (कविता संग्रह) र मुक्तक संग्रह प्रकाशनको तयारीमा रहेको उनले सुनाए । पछिल्लो समय राजधानी बाहिर मोफसलमा पनि साहित्यिक जमघट र कृती प्रकाशनको क्रम बढेको छ । अझ स्थानिय सरकारले पनि साहित्यलाई प्राथमिकता दिन थालेपछि स्थानिय तहमै पनि साहित्यिक कार्यक्रम हुदैै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->