बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एञ्जिलाको काली काली सार्वजनिक

एञ्जिलाको काली काली सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७७, शनिबार

बागलुङ, ३ माघ– मुस्ताङकी चेली एञ्जिला गौचन थकालीको गीत ‘काली काली’ सार्वजनिक भएको छ । नेपालको डिजिटल बजारको युट्युव मार्फत उनको गीत सार्वजनिक भएको हो ।
ओएसआर डिजिटलले थकालीको गीतको म्युजिक भिडियो डिजिटल बजारमा ल्याएको हो । गीतमा एन्जिला गौचन आँफैले स्वर दिएकी छन् । संगीत तथा शव्द कमला सापकोटाले लेखेका हुन् । सुबेदी एरेन्जले मास्टर रेकर्डिङ गरेको गीतमा फिरोज बज्राचार्यको भिडियो निर्देशन रहेको छ । शिशिर अर्यालले कोरियोग्राफी गरेको गीतमा हार्ट टु बिट टिमले नृत्य गरेको छ । गीत सार्वजनिक भएको केही समयमानै निकै रुचाईएको छ । मुस्ताङको थकाली समुदायमा एञ्जिला पहिलो महिला गायीका हुन् । उनले संगीत बिषय अध्ययन गरेकी थिईन् ।

भिडियो…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->