बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसानको पीडामा ‘म त हजुर गाम्ले’

किसानको पीडामा ‘म त हजुर गाम्ले’


  • विनोद ढुंगाना
  • चैत्र २१ २०७७, शनिबार
ल्यापटपमा भिडियो प्ले गरेर गीतको विमोचन गर्दै शुक्लागण्डकीका मेयर किसान गुरुङ, उपमेयर सविता रसाईलीको साथमा गायक शंकर पन्त । तस्बिर : विनोद ढुंगाना/ढोरपाटन

तनहुँ, २१ चैत– कृषि प्रधान मुलुकका किसान उब्जनी बेचेर आर्थिक सम्बृद्धी हासिल गर्न सक्ने अवस्थामा छैनन् । हात पाखुरा बजारेर दुई छाँक गर्जो सहजै टार्न मुस्किल छ । तिनै किसानको उत्पादन उपभोक्तासम्म पु¥याउने विचौलिया रातारात मालामाल बन्छन् । किसानलाई सरकारले उपलब्ध गराउने अनुदान पनि पहुँचवालाकै कब्जामा हुन्छ । वास्तविक किसानको ‘हातमा लाग्यो शुन्य !’ न बेलामा उत्पादित कृषि उपज बिक्छ । न उचित मुल्य पाउँछन् । अनुदानको पहुँचमा पुग्नु परको कुरो ।
‘बर्षभरी दुख ग¥यो बाँझो बारी खन्न
काउली फल्यो, बन्दा फल्यो, गोलभेँडा नि टन्न
घिरौलाले फुल खेल्यो, फल्न थाल्यो लौका
आयो की त जस्तो लाग्छ किसानीको मौका
आधी बारी रायो साग, आधी बारी तोरी
हरियाली बारी देख्दा खुशी मनैभरी
सबै टिपे बजार लगे अनि उठ्यो रिस
किसानीलाई दुई रुपियाँ, विचौलियालाई बिस…’
दिनरात नभनी माटोसँग पैंठेजोरी खेल्ने किसानको पीडालाई समेटेर लोक दोहोरी गायक शंकर पन्तले ‘म त हजुर गाम्ले’ बोलको गीत बजारमा ल्याएका छन् । यो गीतको शुक्रबार विमोचन गरियो ।
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, उपमेयर सविता रसाइँलीले गीतको अडियो, भिडियोको विमोचन गरे । मेयर गुरुङले जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो पटक लोक दोहोरी गीतको विमोचन गरेका हुन् । उनले ‘म त हजुर गाम्ले’ गीतले किसानको यथार्थ पीडा समेटेको बताए ।
लोक दोहोरी नेपालीको जीवनसँग गाँसिएको संस्कृति भएको उनको भनाइ छ । तर, त्यही गीतसंगीतमा लागेर जीवन जिउने आधार भने बन्न नसकेको उनी बताउँछन् । ‘राज्यले गीतसंगीतमा लागेका कलाकारलाई नजिकबाट नियाल्न सकिरहेको छैन,’ मेयर गुरुङ भन्छन्, ‘श्वर हुदाँसम्म सबै हाइहाइ हुन्छन् । अन्तिम अवस्थामा कोही न कोही । त्यतिबेला राज्यले ध्यान दिनुपर्छ ।’
उपमेयर रसाइँलीले कलाकारलाई मैनबत्तीको संज्ञा दिइन् । उनले भनिन्, ‘कलाकारले आफू रोएर पनि अरुलाई हसाउनुहुन्छ । मैनबत्ती जस्तै आफु सकिएर अरुलाई उज्यालो दिनुहुन्छ ।’ उनले लोकगीतमा पछिल्लो समय विकृति भित्रिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘परिवारसंग बसेर हेर्न र सुन्न सकिँदैन । संस्कृतिलाइ जोगाउन आवश्यक छ ।’
गायक पन्तको शब्द र लय रहेको गीतमा गायिका सुनिता बुढा क्षेत्रीले शंकरलाई स्वरमा साथ दिएकी छन् । शुक्लागण्डकी नगरपालिकाले संस्कृति प्रर्बद्धनका लागी विनियोजन गरेको बजेटबाट गीतको अडियोसंगै म्युजिक भिडियो निर्माण गरिएको हो । शुक्लागण्डकी आसपासमा कैद गरिएको म्युजिक भिडियोमा गायक शंकर पन्तसंगै अनु पराजुलीले अभिनय गरेका छन् । मौसम हिमाली भिडियोका निर्देशक हुन् । करन चैसिरले क्यामेरामा कैद गरेका दृश्यलाई प्रविण भट्टले सम्पादन गरेका छन् ।
गीतमा निम्न वर्गीय किसानका पिडालाई समेटेको गायक पन्त बताउँछन् । ‘मेहनत गर्ने किसानले भन्दा विचौलियाले मनग्य आम्दानी गर्छन् । देखेको र भोगेको तीनै किसानको पिडालाई गीतले बोलेको छ’, उनले भने । युट्युबमा भ्युज बटुल्ने भन्दा पनि जिवन्त रहने सिर्जना दर्शक श्रोतामाझ पस्किएको पन्तले दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->