आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लोकदोहोरीको शुभकामना आदानप्रदान

लोकदोहोरीको शुभकामना आदानप्रदान


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ६ २०७८, सोमबार

पोखरा, ६ वैशाख– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले कलाकार र पत्रकारलाई बधाई सहित सम्मान गरेको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारीसँगै गण्डकी प्रदेशका पदाधिकारी र राष्ट्रिय परिषद सदस्यहरुलाई बधाई दिएको हो ।
पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति सँगै प्राज्ञ सदस्यहरु पनि सो अवसरमा सम्मानित भए । सम्मानित हुनेमा गुरुङ कलाकार संघ नेपालका केन्द्रीय अध्यक्ष शर्मिला गुरुङ र उपाध्यक्ष राजु गुरुङ ,नेपाल पत्रकार महासंघ लमजुङको उपाध्यक्ष पदमा निर्वाचित प्रतिष्ठानका लमजुङका अध्यक्ष अनुज अधिकारी, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित भएकी ‘गाउँ शहरमा लमजुङ दरबार’ गीतकी गायिका माया गुरुङलाई पनि रहेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले २०७७ साल कलाकारका लागि पीडादायक भएपनि २०७८ सालमा पीडा खेप्नुपर्ने स्थिति नहोस् भनि शुभकामना दिए । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले कलाकार र पत्रकार समाज उत्थानमा लाग्नुपर्ने बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नहुँदा समस्या खेप्नुपरेको औंल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->