बागलुङ, ११ वैशाख– चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि होईन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ ।
युटुव च्यानल मार्फत शुक्रबार साँझ बजारमा ल्याईएको गीत पछिल्लो २१ घण्टामा झण्डै ६ लाख दर्शकले हेरिसकेका छन् । गीत युट्युव टे«डिङको दुई नम्बरमा छ ।
गीतको पहिलो अन्तरा…
यही देशको सिमा भीत्र मैले जन्म लिएँ ।
गोरखालीको सन्तान भनी गर्भ ग¥या थिएँ ।।
जन्माएको आमाले हो घाँस काट्दा काट्दै ।
बाउको जीवन यसै गयो दुख साट्दा साट्दै ।।
गीतको थेगो..
हाम्लाई के नै सुख छर…सक्नेले गर…नसक्ने पर…तर…मेरो पनी होईन र यो देश मेरो पनी होईन र….
‘मेरो पनि हैनर ? यो देश !’ ‘एउटा राष्ट्रीय भावनाले ओतप्रोत गीत हो । यो गीतको टुक्काहरुमा आम नागरिकका गुनासो राखिएका छन भने यसको म्युजिक ऐरेज्मेन्टमा हाम्रो सांस्कृतिक विविधता लाई समेट्ने प्रयास गरिएको छ, आशा छ सधैंझैं तपाइँहरुको सल्लाह, सुझाव र शुभेक्षा प्राप्त हुनेछ’ सपुतले सामाजिक सञ्जालमा भनेका छन् ।
गीत प्रकाश सपुतको शव्द, संगीतमा तयार भएको हो । गीतको म्युजिक भिडियो निर्देशन समेत सपुत आँफैले गरेका हुन् । बोलमायाँ, गलवन्दी, बदला बरिलै लगायतका चर्चित गीत बजारमा ल्याएर चर्चामा रहेका सपुतको प्रस्तुतीमा बजारमा आएको यो गीतले पनि सफलता पाउने अपेक्षा गरिएको छ । सार्वजनिक भएको केही घण्टामानै युट्युव ट्रडिङमा परेकाले गीत दर्शक स्रोताका माझ निकै रुचाईएको बुझ्न सकिन्छ । गीतमा देशको अवस्था, युवाको बाध्यता र कला संकृतिलाई देखाउन खोजिएको छ ।





