मलाई पनि मन लाग्छ मीठो खान राम्रो लाउन
कहाँ जाने होला मैले न्याय पाउन ।मुक्ति हुन्छ भनेर बाबालाई लगे सडकमा
आमा पनि सहभागी महिला आवाजमा ।घरमा एउटा भाइ थियो तोते बोली बोल्ने
हामी दुई साना साना घरमा खेल्नी ।आवाज आयो ड्यङ्डुङ् घर पर चोकमा
बाबालाई गोली लाग्यो देब्रे कोखाँमा ।आमा छोप्न जानू भयो के भयो खै भनेर
प्रहरीले गोली ठोक्यो मान्छे गनेर ।भन्न थाले नेताले अमर हुनुभयो वहाँ
हामी दुई नाबालक के गर्थ्यौ र त्यहाँ ।गए त्यसदिन नेताहरु फर्कि कहिल्यै आएनन्
सोचेका थ्यौ जे सपना साकार भएनन् ।हाम्लाई हेर्ने कोही छैन आफन्त नि टाढिए
बा आमालाई लाने नेता मन्त्री चुनिए ।के हो तिज थाहा छैन नाना चाचा के हो खै
भौतारीदै हिड्छु म त प्यासी मृग झै ।वरपर नाँच्छन गाँउछन् नेताका छोरा छोरीले
भाइ पाल्नलाई माग्दै हिड्छु शहिदकी छोरीले ।देवदह-५,रुपन्देही





