बागलुङ/ बागलुङे गायीका सिर्जना कुँवर र गायक सुदिप क्षेत्रीको आवाज रहेको लोक दोहोरी गीत ‘लाहुरे जाने रेल’ सार्वजनिक भएको छ । युट्युव मार्फत गीत बजारमा आएको हो । माया र प्रेमका घटनामा आधारित गीतमा गायक क्षेत्रीको शब्द तथा लय, समिर रामदामको रेकडिङ, खड्क बाजुरालीको मिसिक्ङ, तारानाथ आचार्यको एरेन्ज रहेको छ । गीत डिजीटल स्टार रेकडिङ पोखरामा रेकर्ड गरिएको हो ।
जितेन क्षेत्री र शिल्पा कार्कीको अभिनय, शिवराज भुत्तेलको छांयाकन, समिर रामदाम सम्पादन, तारानाथ आचार्य निर्देशनमा बनेको भिडियो डिजिटल स्टारको अफिसियल युवटुवमा हेर्न सकिन्छ ।





