बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेकपा एस मुस्ताङको अध्यक्षमा रसाईली

नेकपा एस मुस्ताङको अध्यक्षमा रसाईली


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७८, आइतबार

मुस्ताङ/नेकपा (एकिकृत समाजवादी) मुस्ताङको अध्यक्षमा भीम बहादुर रसाईली चयन हुनुभएको छ । शनिबार जोमसोममा सम्पन्न कार्यकर्ता भेलालले रसाईलीको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । पार्टीको जिल्ला कमिटिका पदाधिकारी बैठकले चयन गर्नेछ ।

सामावेशी र समानुपातिक हिसावले जिल्ला सदस्य चयन भैसकेको र जिल्ला कमिटिको बैठकले पदाधिकारीको टुंगो लगाउने अध्यक्ष रसाईलीले बताए । मुस्ताङमा नेकपा (एकिकृत समाजवादी)ले पार्टी कार्यालय स्थापना पनि गरेको छ । पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टी कार्यालय उद्घाटन गरे ।

मुस्ताङमा पार्टी कार्यालय स्थापनासंगै मनाङबाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन बिस्तार भएको छ । नेकपा एसको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई नेकपा माओवादीका जिल्ला नेता सत्यनारायण शेरचन र पेशागत महासंघ गण्डकी प्रदेश सदस्य भेषराज बास्तोला लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->