बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अल्पविरामको अनुभूतिका रङ्गहरू सार्वजनिक

अल्पविरामको अनुभूतिका रङ्गहरू सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

पोखरा/ साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ ।

कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । उमेरको परिपक्वता बढ्दै जाँदा लेखाइमा क्रियाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको सरुभक्तको भनाइ थियो ।
साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताए ।

कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाए । उनको यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्÷ईश्वर छैनन् गरी २ कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी २ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।

कृतिको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताए । कार्यव्रmममा लघुकथा समाज, प्रदेश नं. १ की अध्यक्ष ममता मृदुलले शुभकामना दिएकी थिइन् ।

लघुकथा प्रतिष्ठान पोखराको पहिलो प्रकाशनका रूपमा प्रकाशित कृति लोकार्पण कार्यव्रmम संस्थाका सचिव कल्याण पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सदस्य विष्णु बाँस्तोलाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->