बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मिस तामाङ पोखराको टयालेन्ट राउन्ड सकियो

मिस तामाङ पोखराको टयालेन्ट राउन्ड सकियो


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७८, सोमबार

पोखरा/ छैठौं मिस तामाङ पोखरा–२०२२ को टयालेन्ट राउन्ड सकिएको छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिताको टयालेन्ट राउण्ड अन्तर्गत शनिबार भएको प्रतियोगितामा १० प्रतियोगिहरुले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्रतियोगिताका निणार्यकहरुमा मिस पोखराका संस्थापक राजु केसी, कोरियोग्राफर राम लामा, निलिमा तामाङ र अभिनेतृ जान्वी बोहरा रहेका थिए ।

कार्यक्रममा बोल्दै आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङले तामाङ समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मौलिक भाषा र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
प्रशिक्षणमा तामाङ जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक एवं पहिलो मिस तामाङ निमा तामाङले जानकारी दिइन् ।
जिया तामाङ, आशिका तामाङ, मनिषा तामाङ, पूजातामाङ, रेखातामाङ, कृष्टितामाङ, मानसीतामाङ, पेमातामाङ, सृर्जनातामाङ र रितिका तामाङप्रतियोगिका रुपमा रहेका छन् ।

माघ १५ गते शनिवार लेकसाईडस्थित बिजीबी रिसोर्टमा हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने छन् ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन, चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङ र पाँचौ संस्करणमा शशिकला तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->