बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गलकोटे गायक बिष्णु खत्रीले ल्याए ‘बर्खामास’ (भिडियो)

गलकोटे गायक बिष्णु खत्रीले ल्याए ‘बर्खामास’ (भिडियो)


  • ढोरपाटन संवाददाता
  • असार १ २०७९, बुधबार

बागलुङ/असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको सो गीतलाई केही घण्टामै २० हजार बढी पटक हेरिएको छ ।

गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिनुभएको छ । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताए । गलकोट उनको जन्मथलो पनि हो । भिडियोमा बढीजसो रोपाइँको दृश्य समेटिएको छ । वर्षायाममा हुने खेतीपाती, मेलापात र अर्मपर्मको संस्कृतिलाई गीतको श्रव्य/दृश्यमा चित्रण गरिएको छ ।

“बर्खामास गाउँघरमा हुने गतिविधिलाई गीतमा उतार्ने प्रयास गरेका छौँ, भिडियोमा पनि मौलिकता झल्किएको छ”, गायक खत्रीले भने।

दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले हालसम्म सयौँ गीतमा स्वर, शब्द र सङ्गीत दिएकाछन् । मौलिक गीतसङ्गीतको रचना र गायनमा पोख्त खत्रीका ‘भरिया दाइ’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘सरकार १ के गरेर खाम’लगायतका गीत चर्चित छन् ।

भिडियो…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->