बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दशैं गीत ‘च चहोइ च चाहोइ’ बजारमा

दशैं गीत ‘च चहोइ च चाहोइ’ बजारमा


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७९, बुधबार

बागलुङ/ प्रदेशी र घरदेशीको बेदना समेटिएको दशैं गीत ‘च चहोइ च चाहोई’ डिजिटल बजारमा आएको छ । डिजिटल स्टार पोखराले दशैंको छेको पारेर आफ्नो युटुव च्यानल मार्फत गीत सार्वजनिक गरेको हो ।

मायाँले खान नपुग्दो रैछ, मन भन्दापनी धन ठुलो हैछ…
च चहोइ च चाहोइ
दशैंको पीङ च चहोई, करीम दुखी रचहोई
तिहारको पीङ च चहोई, करीम दुखी रचहोई

घर परीवार र आफन्तसँग टाढीएर प्रदेशमा धनको खोजीमा रहेका युवाहरुको बेदना गीतमा समावेश गरिएको छ । रोजगारीकै शिलशिलामा युरोपमा रहेका सर्जक शिव अँखेलीले बास्तविकतामा आधारीत शव्दहरु यो गीतका लागि लेखेका छन् ।

पर्खेर बस्दा मिलनको घडी, कपाल फुल्यो आधाट बढी…
च चहोई, च चहोई
दशैंको पीङ च चहोई, करीम दुखी रचहोई
तिहारको पीङ च चहोई, करीम दुखी रचहोइ

प्रदेशीको सम्झना र पर्खाई तथा घरमा रहेका समस्याको बिषय पनि गीतमा समावेश छ । यौवन र बैंशलाई पनि अँखेलीले गीतमा समावेश गर्ने प्रयास गरेका छन् । घरको ऋण, घर्किँदो उमेर, बर्षेनी आउने चाडवाड, बालबच्चाका इच्छा र चाहना तथा पर्वका बेला परीवार सँगै नहुँदाको पीडा गीतमा समाबेश छ । अमृता नेपाली र तारानाथ आचार्यले यो गीतमा स्वर दिएका छन् । गीतको श्रव्यदृष्य निर्देशन तारानाथ आचार्यले गरेका हुन् । गणेश सापकोटाको सम्पदनमा रहेको उक्त गितमा रुबिना अधिकारी र सोनु रोयलले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->