बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पञ्चकोट चिनाउन कलाकारको जमघट

पञ्चकोट चिनाउन कलाकारको जमघट


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७९, सोमबार

बागलुङ/ लोकगीत संगीत र प्रचार मार्फत बागलुङको पञ्चकोटलाई प्रचार प्रसार र देशभर चिनाउने उद्धेश्यले आइतवार कलाकारको जमघट भएको छ । बागलुङ नगरपालिका वडा नंं ६ स्थित पञ्चकोटलाई चिनाउने उद्धेश्यले इनेपाल रोधीघर काठमाण्डौ तथा बागलुङका कलाकार राजन क्षेत्रीको अगुवाइमा पञ्चकोटमा ३० जना भन्दा धेरै राष्ट्रिय कलाकार तथा अन्य कलाकार समेत गरी ५० जनाले गीत संगीत गाएका थिए । उनीहरुले पञ्चकोटको प्रचारमापनि साथ दिने बताए ।

कलाकारले गाउने गीतसंगीतमा यहाँको छायांकन, सामाजिक संजाल तथा अन्य माध्यम समेत प्रयोग गरेर देशभर सन्देश प्रवाह गर्ने काममा उनीहरुको भूमिका हुने केसीले बताए । ‘पूर्वाधार निर्माणमा करोडौं खर्च भयो, तर प्रचारप्रसारमा केही साथ दिने लक्षले कलाकारको भेला गरेका हौं’ उनले भने, ‘यो भेलाले देशभर केही सकारात्मक सन्देश जानेछ ।’ उनले कलाकार मार्फत घरघरमा पञ्चकोटको प्रचार पु¥याउने योजना सुनाएका थिए ।

कलाकारहरुले पञ्चकोटमा लोकदोहोरी गीत तथा आफ्ना रचना र लोकगीत गाएर गुञ्जाएमान बनाएका थिए । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले अभियानको शुभारम्भ गरेका थिए । उनले बागलुङलाई गीत संगीतको खानी भनेर चिनिएझै अब पर्यटनको गन्तव्य पनि बनाउन सकिने बताए । कलाकार मार्फत देशभर जाने सकारात्मक सन्देशले पर्यटक भित्रिने आसा गरे । पर्यटकीय क्षेत्र बनाउने अभियानमा नगरपालिकाले पनि लगानी बढाउने बताए ।

कार्यक्रममा राष्ट्रिय तहमा ख्याती कमाएका कलाकारहरु पशुपति शर्मा, रमेशराज भट्टराइ, अस्मिता डल्लाकोटी, श्याम राना, नवराज काप्री लगायतका कलाकारले आफ्नो प्रस्तुती देखाएका थिए । इनेपाल दोहोरी घरले संचालन गर्दै आएको दोहोरी गीत प्रतियोगिता पनि यहाँ संचालन गरिएको थियो । दोहोरी गीतमा स्थानीय बासिन्दाहरु पञ्चकोटमा पुगेर छमछम नाचेका थिए । संसारकै अग्लो कलस बनाउने गरी पूर्वाधार निर्माण भैरहेको पञ्चकोटमा केही समयदेखि पर्यटक आउने क्रम बढेको छ । यो क्षेत्रको महत्व बढ्न थालेपछि कलाकारटोलीले पनि यहाँ आफ्ना कार्यक्रम र प्रस्तुतीकरणकालागि रोजेको स्थानीयको मत छ । ‘पञ्चकोटले महत्व पाउँदैछ, अझै हामीले गर्ने कार्यक्रम र लगानीपछि यो क्षेत्रको महत्व बढ्छ’ वडा अध्यक्ष रुद्रबहादुर केसीले भने, ‘कलाकार मार्फत प्रचारको यो नौलो अबसर हो ।’ संचार माध्यमबाट भैरहेको प्रचारले यो अबस्था ल्याएको भन्दै उनले संचार क्षेत्रको पनि प्रसंसा गरेका थिए ।

कलाकारको जमघटका कारण आइतवार पञ्चकोटमा सयौं स्थानीय समेतको सहभागिता थियो । दर्जनौं सार्वजनिक र निजी सवारी साधनको लर्को समेत लागेको थियो । पञ्चकोटमा सयौं मानिस पुग्दा स्थानीय होटल र रेष्टुरेन्टको पनि व्यवसाय बढेको थियो । यहाँ संचारकै अग्लो कलस निर्माणाधिन छ । कलस बाहेक बनेका कतिपय संरचना आर्कषक हुँदा केही बर्षदेखिनै आन्तरिक र धार्मिक पर्यटकको आगमन बढीरहेको छ । यहाँ आउने पर्यटकको कारण बागलुङ बजारको व्यवसायमा पनि राम्रो प्रभाव परेको बताइएको छ । हाल पञ्चकोट सम्म जानकालागि ट्याक्सी र सार्वजनिक बस समेत संचालनमा छ । कमलनयनाचार्यले ८ बर्ष अघि देखि पञ्चकोटधाम बनाउन महायज्ञ लगायतका गतिविधि संचालन गरेका थिए भने आर्कषक संरचना बनाउने अभियानमापनि अगुवाइ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->