बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आफ्नो बारेमा आएको समाचार झुटा र कपोलकल्पित : गायक दूतराज

आफ्नो बारेमा आएको समाचार झुटा र कपोलकल्पित : गायक दूतराज


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०७९, मंगलबार

पोखरा/गायक प्रकाश दूतराजले आफ्नो बारेमा भ्रमणपूर्ण, र अतिरन्जित शीर्षक राखेर समाचार बनाइएको जिकिर गरेका छन् । दीपावलीको अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा आयोजित सांगितिका कार्यक्रममा सहभागी हुन पुगेका गायक दुतराजले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् । गायक दुतराज बसेको कोठामा सलको पासो लगाएर झुण्डिने प्रयास गरेको भन्ने समाचारबाट स्तब्ध भएको गायक दुतराजले बताएको म्याग्दी सेवा समाज मुन्दुबेरा अष्ट्रेलियाका अध्यक्ष रमेश रोकाले बताए ।

‘कोठाभित्र सुतेको अवस्थामा अनावश्यक हल्ला फैलिएको रहेछ,‘उहाँ हामीसँगै हुनुहुन्छ, अर्को कार्यक्रमको तयारीमा हुनुहुन्छ’, अध्यक्ष रोकाले भने । अन्तर्मुखी स्वभावका दूतराजले कोठा नखोलेपछि उनीसँगै रहेको टोलीले नेपालमा फोन गरेर हल्ला गरेको गुनासो गरिएको छ । कोठामा सुतेको अवस्थामा बाहिर हल्ला चलेको भन्दै यस्ता हल्लाले मानसिक तनाव दिएको दुतराजलाई भेट्न गएको टोलीका सदस्यले जनाएका छन् ।

‘मैले यो विषयमा प्रत्यक्ष जानकारी दिन्छु, अहिले समाचारले स्तब्ध छु’, गायक दुतराजले भने । अष्ट्रेलियाको बसाईमा आयोजक र म्याग्देलीहरुबाट प्राप्त साथ र सहयोगले उत्साहित भएको बताउँदै गायक दुतराजले सांगितिक क्षेत्रमा धेरै किसिमका हल्लाहरू हुने गरेकोमा आफू पनि निशानामा परेको गुनसाो म्याग्देलीसँगको भेटघाटमा बताएका छन् । गायक दुतराजले आफुँले सांगितिक क्षेत्रमा धेरै गर्नुपर्ने भएकाले अहिले आएका समाचारको पछाडी नलाग्न समेत अपिल गरेको म्याग्दी सेवा समाज मुन्दुबेराले जनाएको छ । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका दुतराज विविधतापूर्ण शब्द तथा सामाजिक सन्देशले भरिएका गीतकै कारण लोकप्रिय छन् ।

गरीब परिवार, आमाको संघर्ष, शिक्षालगायत सामाजिक गतिविधि, परिवेशलाई छपककै छोपेको गीत अहिले लोकप्रिय छ ।‘मन भुल्छ’, ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत करोड क्लवबाट अगाडी बढेपछि गायक दुतराजले अन्तराष्ट्रिय कार्यक्रममा समेत नियमित अफर आउन थालेको छ । आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका गीत यूटुवमा खोजी–खोजी हेर्ने बानी दर्शकलाई परिसकेको छ । दुतराजले पस्किएका पछिल्ला करिब आधा दर्जन गीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ ।

घटनाका बारेमा हल्ला चलेपछि भेट्न गएका म्याग्दी सेवा समाज मुन्दुबेरा अष्ट्रेलियाका प्रतिनिधिहरु । तस्वीर सौजन्य : रमेश रोका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->