बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मेरो भविष्य दर्शकको हातमा छ : जितु नेपाल

मेरो भविष्य दर्शकको हातमा छ : जितु नेपाल

ह्यारी कि प्यारीप्रति आशावादी साम्राज्ञी ।


  • राजाराम पौडेल
  • माघ १६ २०७९, सोमबार

पोखरा /अभिनेता जितु नेपालले आफ्नो भविष्य दर्शकको हातमा रहेको बताएका छन् । नेपाली चलचित्र ह्यारीकी प्यारीको प्रमोसनको क्रममा पोखरा आइपुगेको उनले पत्रकारमाझ यस्तो बताएका हुन् । दर्शकलाई के कुरा राम्रो लाग्छ भन्ने कुरा थाहा पाएर सोही अनुसारको खुराक चलचित्रमा राखिएको उनको दावी छ । ‘हामीले गरेको काम हामीलाई राम्रो लागेर हुँदैन, दर्शकलाई राम्रो लाग्नुपर्छ । दर्शकलाई के गर्दा राम्रो लाग्छ भनेर भएभरका शक्ति प्रयोग भने गरेका छौं अब मेरो भविष्य दर्शकको हातमा छ’, उनले भने । आफूहरु चलचित्र प्रति निकै आशावादी रहेको भन्दै उनले दर्शकलाई फिल्म हेरेर मात्र प्रतिक्रया दिन अनुरोध गरे ।

कलाकारिता क्षेत्रमा लागेर हिरो बन्छु भन्ने सोच नराखेको भन्दै उनले कथाले बनाइएको पात्र मात्र भएको सुनाए । ‘जीवनमा यो बन्छु भनेर कहिल्यै सोचिन । टेलिभिजनमा अनुहार देखाउनको लागि हिँडेको मानिस हूँ । म भुक देउरालीको ह्यारी हो । एउटा कलाकारले कलाकारिता गर्ने हो । कुनै व्यक्तिलाई हिरो लेखकले बनाउँछ । प्रोजेक्टले बनाउँछ । र कथाले बनाउँछ । कथाले बनाइएको पात्र हुँ म’,उनले प्रष्टाए ।

आफू समस्यामा परेको समयमा यस चलचित्रमा अवसर प्राप्त भएको भन्दै उनले खुशी व्यक्त गरें । ‘मानिसको जीवनमा तलमथि हुन्छ । मेरो कमेडी सो पनि बन्द भएको थियो । छक्का पञ्जा टिमको एउटा फिल्ममा नरहने अवस्था थियो । अब जितु नेपालले के गर्छ भन्ने अवस्था थियो । कपिल रिजालको कथामा म अडिएँ’,उनले थपे ।

चलचित्रलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गरेको उनले खुलाए । हलमा गएर दर्शकको साथ पाउँछौ कि पाउँदैनौँ रिलिज भएपछि थाहा हुने उनले बताए । ‘त्यो हाम्रो हातमा हुँदैन’,उनले भने ।
अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी शाहले चलचित्र सफल हुँदा जस टीमलाई जाने तर असफल हुँदाको दोष कलाकारतर्फ सोझिने गरेको बताइन् । पछिल्लो समयमा कलाकारलाई दिने पारिश्रमिक धेरैं भएपनि सो अनुसारको दर्शक तान्न नसक्ने गरेको गुनासो आइरहेको सन्र्दभमा गरिएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् । ‘मुभी जब राम्रो हुन्छ जस पूरै टिमलाई जान्छ, मुभी नराम्रो हुन्छ दोष कलाकारलाई जान्छ’, उनले भनिन् ।

दर्शकले पोष्टरदेखि सबै ठाउँमा कलाकारलाई अगाडि देख्ने भएको कारण दोष कलाकारतर्फ आउने गरेका उनले सुनाइन् । ‘फिल्म टिमले बनाउने हो । क्याप्टेन अफ द सिप निर्माता र निर्देशकलाई भनिन्छ । मुभी कति राम्रो हुन्छ, कती नराम्रो हुन्छ, राम्रो मुभीहरु पनि छ, नराम्रो मुभीहरु पनि छ, त्यो भनेको एउटा आर्टिष्टलाई मात्र हैन एउटा टिममा जान्छ । तर मुभीमा आर्टिष्टको मुख अगाडि देखिन्छ’, उनले थपिन् । ह्यारीकी प्यारी राम्रो फिल्म बनेको र ट्रेलर देखिनै राम्रो फिडव्याक पाएकाले आशावादी रहेको बताइन् ।

फिल्मका निर्देशक कपिल रिजालले पारिवारिक वातावरण चलचित्रमय भएको कारण यसतर्फ आर्कषित भएको खुलाए । आफ्नो बुबाले निर्माण गरेको साथी, लक्ष्मीपूजा, छोरी बुहारी एक नम्बरको पाखेजस्ता चलचित्रको कारण समेत सानै उमेरदेखि चलचित्रतर्फ झुकाव रहेको उनले भनाइ थियो । उनको पेशा चााहिँ डेन्टिष्ट हो । ३० वर्षदेखि युकेमा बसेर काम गरिरहेका छन् । यस अगाडि सामाज्ञीले अभिनय गरेको पहिलो चलचित्र ड्रिम्समा उनी निर्माता रहेका थिए । ‘स्कुलमा पढ्दादेखनिै सर्ट फिल्महरु, म्युजिक भिडियो गरिरहेको थिए, युकेमा सर्ट फिल्म बनाए । भिडियो पनि गरें’, उनले भने । युकेमा बसेर अग्रेजी फिल्म बनाउने तयारी गर्दा कोभिडको कारण रोकिएको र त्यसपछि आफनो ध्यान नेपाली चलचित्र प्रति मोडिएको बताए ।

नेपाली कल्चरलाई लिएर चलचित्र बनाउँछु र छायांकन गाउँमा गर्छु भन्ने सोचका साथ पर्वतको भुक देउराली गाउँ चयन गरेर ७५ प्रतिशत छायाकंन तहाँ गरेको उनले खुलाए ।
चलचित्रका डिओपी सुदीप बरालले अन्तर्राष्ट्रिय बजारमा फिल्मलाई लैजानको लागि सोही अनुसारको प्रविधि प्रयोग गरेको खुलाए । चलचित्र हेर्दा दर्शकले अन्तर्राष्ट्रिय फिल्मको क्वालिटि जस्तै पाउने दावी गरें । नेपालमा भएको टेक्निोलोजिले मात्र नहुने भएकोले प्रोडक्सनको कामको लागि भारत जानु परेको उनले खुलाए ।

चलचित्र ह्यारीकी प्यारी यही माघ २० गतेबाट नेपालभर रिलिज हुँदैछ । चलचित्रमा जितु नेपाल, सामाज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायतको अभिनय हेर्न पाइन्छ । चलचित्र बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो ।

तस्विर : राजाराम पौडेल

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->