बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यालयस्तरीय नाटक महोत्सवमा दर्शकको ओइरो

विद्यालयस्तरीय नाटक महोत्सवमा दर्शकको ओइरो

हालसम्म १७ नाटक मञ्चन, आयोजक उत्साहित ।


  • राजाराम पौडेल
  • माघ २० २०७९, शुक्रबार

पोखरा/पोखरामा तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव जारी रहेको छ । महोत्सवमा मञ्चन भइरहेका नाटकले विद्यार्थी, शिक्षक सहित आम नाटकप्रेमीको ध्यान तान्न सफल भएको छ । माघ १४ गते शनिबारबाट सुरु भएको महोत्सव माघ २१ गतेसम्म चल्नेछ । यो समाचार तयार पार्दासम्म १७ वटा नाटक मञ्चन भइसकेका छन् । यो संख्यामा नाटक मञ्चन हुँदा झण्डै ३ हजार ५ सइ दर्शकले पोखरा थिएटरको गन्र्धव नाटकघरमा पुगेर नाटक हेरेको आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘हालसम्म झण्डै ३ हजार ६ सय दर्शकले महोत्सवमा मञ्चन भएका नाटक हेरिसक्नुभएको छ, हामीले अपेक्षा गरेभन्दा बढी सफलता पाइरहेका छौं’, महोत्सव संयोजक समेत रहेका उनले भने ।

महोत्सवमा सहभागीता जनाएका विद्यालयका अलावा थप विद्यालयबाट समेत मञ्चन भइरहेका नाटकको अवलोकन गर्न पुगेका छन् । जसका कारण आयोजक थप उत्साहित बनेका छन् । ‘नाटक महोत्सव एकदम राम्रो भइरहेको छ, सकारात्मक प्रतिक्रिया पाएका छौं, हामीमा उत्साह थपिएको छ’, उनले भने । दर्शकको उपस्थित बढी हुँदा व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे पर्ने गरेको छ । नाटकघरमा दर्शक भरिभराउ हुँदा केही दर्शक नाटक नहेरी फर्कन बाध्य समेत भएको आयोजकको भनाइ छ ।

बिहीबार तीन नाटक मञ्चन

यसैगरी महोत्सवको छैटौं दिन बिहीबार तीनवटा नाटक मञ्चन भए । जसमा पहिलो नाटक कास्की जिल्लाको कास्की मोडनाईज्ड एकेडेमीको रहेको थियो । कास्की मोडनाईज्ड पहिलो पटक नाटक ‘पश्चात्ताप’ मार्फत महोत्सवमा सहभागी भएको हो । राम बहादुर मोचीले लेखेको नाटकको निर्देशन सुरेश नेपालीले गरेका हुन् भने दिप्सना विश्वकर्माले सहजकर्ताको रुपमा सघाइन् । नाटकमा अनु क्षेत्री, समृद्ध पौडेल, सुशान गुरुङ, नियोग गुरुङ, प्रेम गुरुङ, प्रिन्स भण्डारी, प्रतिक सुनार, सोफी खत्री, रिजन गैरे, सन्ध्या नेपाली, निश्चता तिमल्सिना, रेश्मा घर्ती मगर, बिनिसा गुरुङ, सान्भी बेलबासे, डोमा गुरुङ, निशु गुरुङ, सौगात गुरुङ, सुशान गुरुङको अभिनय रहेको थियो ।

बिहिबार दोसे नाटकको रुपमा नाटक ‘चित्कार’ मञ्चन भयो । सन्तोष कुमार आत्रेयको लेखन तथा नेपाल प्रकाश अधिकारी र के आर ढकालको निर्देशनमा यो नाटक तयार भएको थियो । माछापुच्छ्रे माध्यमिक विद्यालय, माछापुच्छ्रे–२ भुर्जुङखोला कास्कीले यो नाटक मार्फत पहिलोपटक महोत्सवमा सहभागिता जनायो । नाटकमा अमृत मौजाकोटी, सलिना श्रेष्ठ, एलिजा गुरुङ, ज्योति गिरी, अरुण सुनार, सन्तोष लम्साल, आशिष वाँस्तोला, सन्ध्या गिरी, सनिता परियार, अनिता विक, अरुण तामाङ, सौगात सुनार, सन्देश तामाङ, रिसान्त गुरुङको अभिनय गरें ।

प्रतिभा माध्यामिक विद्यालयको ‘यात्रा राजधानीको’ समेत बिहिबार मञ्चन भयो । सन्देश कार्कीको लेखन तथा निर्देशनमा तयार भएको यो नाटकमा प्रिन्स बस्नेत आयुश्री तिमिल्सिना, आधास पौडेल, सुमन दाहाल, अस्मि कोइराला, दिव्या पौडेल, अभिषेक पौडेल, आइसन सुनार, मनिसा क्षेत्री, सिम्रन आचार्य, आसा कुमारी गुप्ता, प्रियंका सुवेदी, उज्वल कार्की, सिभम रौनियार, विवश थापा र सुशान्त गुप्ताको अभिनय रहेको थियो ।

नाटक महोत्सवमा शुक्रबार कास्की जिल्लाको वेलनन एकेडेमीको ‘जिउँदा अवशेषहरु’, भानुभक्त आवासिय माध्यामिक विद्यालयको ‘समय पीडा’ र करुणानिधी एजुकेशन फाउन्डेसनको ‘लौ आयो ताजा खबर’ गरी तीन नाटक मञ्चन हुनेछ । महोत्सवको अन्तिम दिन माघ २१ गते शनिबार अतिथि नाटकको रुपमा ‘धुमधामको घुमघाम’ मञ्चन गरिने आयोजकले जनाए ।

वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समिति नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए ।
महोत्सवको लागि कुल २९ वटा प्राप्त भएकोमा छनोट समितिले स्कृप्ट अध्ययन पश्चात १९ वटा नाटक छनोट गरेको महोत्सव निर्देशक परिवर्तनले जनाए । यसका अलावा थप एक नाटक प्रोत्साहन स्वरुप र एक नाटक अतिथि नाटक सहित कुल २१ नाटक मञ्चन गरिने आयोजकको भनाई छ ।

नाटक महोत्सवमा कास्की जिल्लाको विन्ध्यावासिनी माध्यामिक विद्यालयको ‘तुलसी’, विन्ध्येश्वरी आदर्श बोडिङ स्कुलको ‘प्रत्यागमन’, छोरेपाटन माध्यामिक विद्यालयको ‘कन्यादान’, हिल प्वाइन्ट स्कुलको ‘छुने नजर’, प्रगति माध्यामिक विद्यालयको ‘करेसा कन्र्सट’, बाल मन्दिर माध्यामिक विद्यालयको ‘आमाको माया’ र नवदीप बोडिङ स्कुलको ‘दुइ देशको भिर गाथा’ मञ्चन भए ।

यसैगरी नवलपुरको देवचुली माध्यामिक विद्यालयबाट ‘परिवर्तनपुर’, लमजुङको विद्याज्योति माध्यामिक विद्यालयबाट ‘मुक्ति’, तनहुँको व्यास दिव्यज्योति बोडिङ स्कुलको ‘गुलेली मास्टर’, स्याङजा मिर्मी आधारभूत विद्यालयको ‘महिनावारी’, म्याग्दीको बेनी सामुदायिक माध्यामिक विद्यालय ‘जल्न नसकेको लास’ र बाग्लुङको रुद्रेपिपल माध्यमिक विद्यालयको ‘जिम्मेवारी’ नाटक महोत्सवमा मञ्चन भइसके । प्रोत्साहन स्वरुप महोत्सवमा छनोट भएको नेपाल नमुना माध्यमिक विद्यालयको ‘विदेश मोह’ नाटक समेत मञ्चन गरियो । मञ्चन भएका यी सबै नाटकले उपस्थित दर्शकको माया बटुल्न सफल भए ।

यस अगाडि दूई संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव भव्यताका साथ सम्पन्न गरेको थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सवसमेत आयोजना गरिसकेको छ ।

‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ महोत्सवको आयोजना गरिएको पोखरा थिएटरका संस्थापक अध्यक्ष दीलप्रसाद गुरुङले जनाए । पछिल्लो समयमा विद्यालयमा शिक्षणको नयाँ माध्यमको रुपमा नाटक र अभिनयलाई लिन थालिएको कारण नयाँ पुस्ताको ध्यान यसतर्फ बढ्न थालेको छ ।
थिएटरले २०७४ सालमा राष्ट्रिय नाटक महोत्सव, २०७५ सालमा पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवको समेत सफलतापूर्वक आयोजना गरेको थियो । रंगमञ्च क्षेत्रको विकास र उत्थानको लागि पोखरा थिएटर स्थापना भएको हो । पोखरा थिएटर सञ्चालन पश्चात पोखरामा नियमित रुपमा नाट्य गतिविधि भइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->