बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘ए साथी सुन’ चैत १० मा प्रदर्शन हुने

‘ए साथी सुन’ चैत १० मा प्रदर्शन हुने


  • राजाराम पौडेल
  • फाल्गुन ३ २०७९, बुधबार

पोखरा /फिल्म ‘ए साथी सुन’ आगामी चैत्र १० गतेबाट प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति नजिकएसँगै फिल्मको प्रचारप्रसारलाई तिव्र पारिएको सह–निर्माता सुदिप पौडेलले जनाए । पोखराका सञ्चारकर्मी पौडेलले यस अगाडि असिस्टेन्ट डाइरेक्टर, पब्लिसिटी डाइरेक्टरको रुपमा काम गरिसकेका छन् । पौडेल यस फिल्मप्रति निकै आशावादी छन् ।

फिल्मलाई पोखरासँग जोड्दै पोखराबाटै अगाडि बढिरहेका पौडेलले फिल्मको शिर्षक गीत पोखरामा छायाकंन गरेका छन् । बाँकी छायाकंन हेटौडा आसपास गरिएको हो । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटीले प्रमुख भूमिका निभाएकी छन् । फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय रहेको सह–निर्माता पौडेलले जनाए । वानियाँको यो डेब्यु फिल्म हो ।

इभान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म रामराघव आचार्यले निर्देशन गरेका हुन् । फिल्म वितरणको जिम्मा आरआर कम्पनीले लिएको छ । फिल्मको मुख्य निर्माता विना कार्की र सन्तोषकुमार राई हुन् । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन गरेका छन् । कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको फिल्ममा बाल कलाकार कृष्माको समेत अभिनय हेर्न पाइन्छ । फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा आउने पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->