आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रियंकाको फर्कियो सक्रियता, फर्केन लोकप्रियता

प्रियंकाको फर्कियो सक्रियता, फर्केन लोकप्रियता


  • राधिका अधिकारी
  • चैत्र १३ २०७९, सोमबार

अभिनेत्री प्रियंका कार्की कोरोना काल सुरु हुनुभन्दा अघि नेपाली फिल्म उद्योगकी नम्बर वान नायिका थिइन्। कोरोनाकालसँगै खस्किएको प्रियंकाको स्थानले पुनः गति लिन सकेको छैन।

आमा बनेपछि केही समय उद्योगबाट टाढा रहेकी प्रियंकाले आफ्नो पुरानै क्रेज फर्काउन विभिन्न कसरत गरेको देखिन्छ। तर उनको यो प्रयास उद्योगमा सफल भने हुन सकेको छैन।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘फूलबारी’ बक्स अफिसमा सफल ठहरियो, तर प्रियंकाको पुरानो लोकप्रियताले भने लय समात्न सकेन। पछिल्लो समय फिल्ममा उनको खासै माग छैन।

एक समय थियो, प्रियंकाको माग उद्योगमा धानिसाध्य थिएन। उनी एकै दिन खाली बस्नु पर्दैनथ्यो। वर्षमा उनले अभिनय गरेका दर्जन बढी फिल्म रिलिज हुन्थे। फिल्म प्रचारका क्रममा पनि प्रियंका मसलाका रुपमा प्रयोग हुन्थिन्। उनका कन्ट्रोभर्सी र स्क्यान्डल पनि प्रसस्तै बाहिरिन्थे।

आमा बनेपछि प्रियंकाले आफ्नो शरीर पुरानै ढाँचामा फकाइन्। माग भने पहिलाको जस्तो फर्किएन। यो वर्ष उनले अभिनय गरेका ‘लक्का जवान’, ‘चि मुसी चि’ र ‘फूलबारी’ रिलिज भए। दुई फिल्म चलेनन्। ‘फूलबारी’को जस पनि उनलाई मिलेन।

फिल्ममा चल्न छोडेकी प्रियंकाको व्यस्तता रियालिटी शो मा देख्न सकिन्छ। ‘मेरो डान्स यूनिभर्स’को निर्णायकका आवद्ध भएकी प्रियंका हाँस्यकलाकार जितु नेपालले सुरु गरेको ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनमा अध्यक्ष भएकी छिन्। मुन्द्रेको कमेडी क्लबमा प्रियंकाको उपस्थिती शो पिस जस्तो देखिन्छ। यो कार्यक्रमा २ भाग प्रसारण हुँदै ‘शो’को आलोचना सुरु भैसकेको छ।

कार्की पछिल्लो समय ‘हिमालय रोडिज’को नयाँ सिजनमा जोडिएकी छिन्। यो शो मा उनलाई दर्शकले निर्णायकका रुपमा देख्न पाउने भएका छन्। फिल्ममा क्रेज कम हुँदै गएपछि नायिकाहरुलाई रियालिटी शो मा भित्राउने परम्परा बलिउड उद्योमा पनि छ। नेपालमा पनि यो क्रम सुरु भएको छ।

चलचित्र क्षेत्रमा आएसँगै प्रियंका विभिन्न कारणले सधैँ चर्चामा रहिन्। एक सयम नायिका कार्कीलाई युवापुस्ताका दर्शक तथा चलचित्र क्षेत्रकै मानिसले पनि सेक्स सिम्बोलका रूपमा हेरे। त्यसो त उनीमाथिको यो सिम्बोल उनकै अभिव्यक्तिको कमाई थियो।

सानैदेखि अभिनयमा रुचि राख्ने प्रियंकाले केही समय संचार क्षेत्रमा समेत आफ्नो समय खर्चिएकी छिन्। कान्तिपुर टेलिभिजनमा झन्डै दुई वर्ष भिजेका रूपमा काम गरेकी कार्की सन् २००५ को ‘मिस टिन’ समेत हुन्। सिने क्षेत्रमा प्रवेश गरेसँगै विभिन्न कारणले चर्चामा रहिरहने कार्कीलाई फिल्म क्षेत्रका मानिसले कामप्रति लगनशील अभिनेत्रीका रुपमा चर्चा गर्ने गरेका छन्।

फिल्म क्षेत्रमा ढिलो प्रवेश गरेर पनि राम्रो स्थान र नाम बनाउन सफल कार्कीको अभिनयबाट भने चलचित्रका पारखी सन्तुष्ट देखिँदैनन्। उनले फरक फरक फिल्ममा निर्वाह गरेको भूमिका एकै भएको समिक्षकहरु बताउँछन्।

उनले गर्लफ्रेन्डदेखि आमा सबै किसिमका भूमिका निर्वाह गरेकी छिन्। तर पात्र फरक भए पनि प्रियंकाको शैली एकै प्रकारको रहेको बताइन्छ। पछिल्लो समय फिल्म उद्योगमा थिएटरबाट आएका कलाकारको बलियो पकड छ।

नम्बर वान स्थान बनाएका नायिकाहरु पाखा लागेका छन्। पाखा लाग्ने नायिकाको सूचीमा कार्कीको नाम पनि अग्र स्थानमा आउँछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->