बागलुङ/ कलाकार तथा समाजसेवी लक्ष्मण श्री सम्मानित भएका छन् । चैते दशैं मेलाको अबसरमा श्रीलाई कालिका भगवती गुठी व्यवस्थापन समितिले सम्मान गरिएको हो ।
बागलुङको कला संकृति र सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै श्री सम्मानीत भएका हुन् । जैमिनी नगरपालिका–९ स्थायी घर भएका श्रीले कलाकारीता र सामाजिक बिकासको क्षेत्रमा काम गर्दै आएका छन् ।
बागलुङ कालिका भगवती गुठीले आयोजना गर्दै आएको चैते दशैं मेलाको व्यवस्थापनमा समेत उनले लामो समयदेखि सहयोग गर्दै आएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।





