बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शनिबार पोखरामा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

शनिबार पोखरामा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

पोखरा/ टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतिको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोटर््स अवार्डमा दर्शकको अगाडि उभिएर उनले हसाउँनेछन् ।

पछिल्लो समयमा दर्शकको आर्कषण देखिएको स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्ड कार्यक्रममा आर्कषणको रुपमा राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुति समेत रहनेछ । यसैगरी हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->