पोखरा/ पोखरा थियटरले विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन गर्ने भएको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर ‘दुई नाटक’ शीर्षकमा नाटक मञ्चन गर्न लागिएको हो । साउन १४ गते आइतबारबाट गन्र्धव नाटकघरमा नाटक मञ्चन हुनेछ ।
पोखरा थियटरका अध्यक्ष परिवर्तनले भीमनिधि तिवारीले लेखेको नाटक निर्देशन गर्दैछन् ।
नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ ।





