बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अमृतको शब्दमा सविनाको ‘रहर’ पोखरामा लोकार्पण

अमृतको शब्दमा सविनाको ‘रहर’ पोखरामा लोकार्पण


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८०, आइतबार

पोखरा / गीतकार अमृत परियारको शब्द र गायिका सविना सुनामको स्वर रहेको आधुनिक गीत ‘रहर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियोको शनिबार पोखरामा लोकार्पण गरे ।

समानान्तर साहित्यिक मञ्चद्वारा आयोजिक लोकार्पण कार्यक्रममा उनले गीतको शब्द, स्वर र संगीतको संयोजन उत्कृष्ट रहेको बताए । गीतमा संगीत र एरेन्ज विनोद रसाइलीको रहेको छ । म्युजिक भिडियोको सम्पादन र निर्देशन समेत उनैले गरेका हुन् । गीतमा अनुप अधिकारी र अञ्जु मगरको अभिनय रहेको छ ।

गीतको छायांकन विद्या परियारले गरेका हुन् । म्युजिक भिडियोको समीक्षा गर्दै चलचित्र निर्देशक कृष्णकुमार गुरुङले गीतकारको शब्दलाई म्युजिक भिडियोले न्याय गरेको बताए ।

उनले पोखरामा रहेर सिर्जनाकर्ममा लाग्नु चुनौतीपूर्ण रहे पनि गुणस्तरको सवालमा राजधानीभन्दा कम नरहेको उल्लेख गरे ।

गायिका सविना सुनाम दुई दशकदेखि पोखरामा रहेर संगीतकर्ममा सक्रिय छिन् । उनले दर्जनौं गीतमा आफ्नो स्वर भरेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->