बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङकी सिम्रनको स्याङ्जामा जादु

बागलुङकी सिम्रनको स्याङ्जामा जादु


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८०, मंगलबार

पोखरा/ आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बागलुङकी सिम्रन परियारले स्याङ्जाको अर्जुन चौपारीमा दर्शकको मन जितेकी छन् ।

हरितालिका तीजको अवसरमा दलित उत्थान केन्द्रले अर्जुन चौपारीद्धारा सोमबार आयोजित रामाइलो तीजमेलामा दिएको प्रस्तुतिले उनी लोकप्रिय बनेकी हुन् ।

‘जुन दिन भन्थ्यौ परछौ र को मेरो, जिन्दगीलाई कालो दिन हो मेरा, पानी परेको तिम्रो याद आयो र बेंसी झरेको’बोलको गितले मेलामा आफ्नो प्रस्तुति सुरु गरेकी उलने वाहवाही बटुलिन् ।

सिम्रनले ‘मायाँ गर्ने मुटुमा घाउ छ, घाउ भरी नै तिम्रो नाउँ छ,‘यो आखाँको तिमी गाजल बन्नु है, मुस्कुराउँदा मुखको लाली बन्नू’ लगायतका पाँचवटा गीत गाइन् ।

रमाइलो मेलामा युस्कल परियार र पबित्रा काफ्लेले समेत प्रस्तुति गरेर दर्शलाई मनोरन्जन प्रदान गरेका थिए ।

स्थानीय आमा समूहरुबीच तीजगीत प्रतिस्पर्धा र एकल तथा सामूहिक नृत्य प्रतियोगितामा बिजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->