शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मेजनको उपन्यास ‘धौलासिरी’ विमोचन

मेजनको उपन्यास ‘धौलासिरी’ विमोचन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८०, आइतबार

म्याग्दी / मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ । लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो।

धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे परम्पराले ल्याएका उथलपुथल देखाइएको छ । धौलागिरी भेगमा प्रचलित झर्रा भाषा(आञ्चलिकता) प्रयोग गरी लेखिएको उपन्यासले पाठकलाई त्यहाँको जनजीवन बुझ्न सघाउने विश्वास लिएको लेखक पुनले बताए ।

किताब बुलबुल प्रब्लिेकेशन प्रालीले प्रकाशन गरेको हो। पुनका यो बाहेक दर्जन बढी गैरआख्यान किताब प्रकाशित छन्। किताब लेखन सँगसँगै मगर फिल्म निर्माण, लेखन र निर्देशनमा पनि पुन सक्रिय छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->