आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नायिका स्वस्तिमा भन्छिन्: ‘हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो’

नायिका स्वस्तिमा भन्छिन्: ‘हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो’


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८०, शुक्रबार

काठमाडौं / नायिका स्वस्तिमा खड्काले नेपाली फिल्म  ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको र बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’ लाई सो नदिएर हेपेको बताएकी हुन्।

उनले लेखेकी छिन्, भक्तपुरस्थित QFX मा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’को बुकिङ अवस्था यस्तो छ। ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको छ। बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’लाई सो नदिएर हेपिएको छ। यो दादागिरी हो। हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो।

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई पाखा र हिन्दी फिल्मलाई काखा गरेपछि प्रदर्शकहरू विरुद्ध स्वस्तिमाको आक्रोश पोखिएको हो। फिल्मको टिमले भने हलबाट फिल्म उतार्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->