बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गायिका एलिनाको कार्यक्रम बहिष्कार गर्ने ध्वनी व्यवस्थापकको निर्णय

गायिका एलिनाको कार्यक्रम बहिष्कार गर्ने ध्वनी व्यवस्थापकको निर्णय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

पोखरा / ध्वनी व्यवस्थापनको काम गर्दै आएका व्यवसायीहरुले गायिका एलिना चौहानको कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् । यही फागुन २० गते पर्वतको कुश्मामा आयोजितन कार्यक्रमको दौरान गायिका एलिनाले साउण्ड इन्जिनियर, टेक्निसियनमाथि अभद्र व्यवहार गरेको जिकिरसहित व्यवसायीहरुले माफी नमागेसम्म कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

विभिन्न कार्यक्रममा ध्वनी (साउण्ड) व्यवस्थापनको काम गर्दै आइरहेका ६ वटा व्यावसायिक संस्थाहरुको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,‘ साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ । चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेकी छन् । जुन कार्यक्रममा गए पनि उनले ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ ।’

आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउने जस्ता क्रियाकलापले ह व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->