बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘दिल रोएको बेला’मा लक्ष्मणको संगीत

‘दिल रोएको बेला’मा लक्ष्मणको संगीत


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०८०, मंगलबार

बागलुङ/संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको ‘दिल रोएको बेला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अविदित फाउन्डेसनले सार्वजनिक गरेको हो ।

यस गीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् । नारायण रेग्मीको शब्द रहेको यस गीतको म्यूजिक भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ, किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको अविदित फाउन्डेसनका अध्यक्ष अनुपजंग थापा (विचित्र)ले बताए ।

गीतको म्यूजिक भिडियो मुकेश हुमागाइले छायाङ्कन गरेका हुन् । यसमा राहुल बराइलीको कोरियोग्राफी, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ रहेको छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले सो म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->