शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीका अर्गानिक समान बेच्न कोसेली घर

म्याग्दीका अर्गानिक समान बेच्न कोसेली घर

उद्यमीको उत्पादनलाई बजारीकरणमा सघाउने


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८१, मंगलबार

म्याग्दी/जिल्लामा उत्पादिन अर्गानिक बस्तुको बजारीकरणका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालनमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो ।
म्याग्दीको हिमाली क्षेत्रमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी सञ्चालनमा आएको कोशेली घरको बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपमेयर ज्योति लामिछानेले उद्घाटन गदैं अर्गानिक उत्पादनको बजारीकरणमा सघाउने प्रतिबद्धता जनाएका थिए ।‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने निति लिएका छौ,म्याग्दीका अर्गानिक उत्पादनलाई ग्राहकले रुचाउने गरेको पाइन्छ’ मेयर केसीले भने ।
महिला उद्यम विकास समितिकी उपाध्यक्ष एवम् अगुवा महिला उद्यमी डिलमायाँ घतानेले सञ्चालन गरेको कोसेलीघरमा स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि समेत सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
उनले जिल्लाका ६ वटै स्थानीय तह, छिमेकी मुस्ताङका अर्गानिक उत्पादनलाई स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी कोसेली घर सञ्चालन गरिएको बताए । कोसेली घरमा भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुर लगायत करिब सय थरिका सामान रहेको छ ।
त्यस्तै ढाका र अल्लोबाट निर्मित कपडाहरु, दुना टपरी,बाँसका मुढा, बाँसबाट निर्मित सामग्रीहरु र विभिन्न जातजातिका भेषभूषाका सामग्रीहरु समेत बिक्रीका लागि राखिएका छन् । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आर्कषित गर्ने सञ्चालिका घतानेले बताइन् ।
म्याग्दीको अर्गानिक समानाको बजार विश्वबजारसम्म छ । म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण घर्तीक्षेत्रीले उत्पादन बजारीकरणमा समस्या भएमा कोसेली घरले सहजीकरण गर्ने बताए । उनले महिला उद्यमीको अग्रसरतामा भएको उक्त कोसेली घरबाट म्याग्दीको ब्रान्ड स्थापित गर्ने बताए । म्याग्दीको सदरमुकाम बेनीमा आधादर्जन भन्दा बढी कोशेली घर सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->