मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सिता र पुर्णको तिज कोशेली ‘माईतीघर’

सिता र पुर्णको तिज कोशेली ‘माईतीघर’


  • केपि कुमार जलन
  • साउन १९ २०८१, शनिबार

पोखरा / ‘कुन छोरी होलि पराई घर गएर बरिलै माईति घर बिर्सनि,
सबैलाई भेट्दा हासेर बोल्छु बरिलै मन भरि पिर्छ नि’

बास्तविक दर्शकले चाएको तीज गित भने यस्तै हो । तर तिज गितका नाममा छाडा भड्किला गितहरू सार्बजानिक भएका छन ।

पछिल्लो समय पोखरालाई कर्मथलो बनाउदै आएकी गायिका सीता परियारको “माईती घर ” तिजगित बजारमा आएको छ । जुन गितले यो बर्ष आमदर्शकको मन जित्ने देखिन्छ ।

गायिका सिता परियारको एकल आवाजमा रहेको तीज गितले दाजुभाई, दिदिबहिनी र माईती घरको सम्वन्धलाई मार्मिक शैलिमा चित्रण गरिएको छ ।

सर्जक पुर्ण परियारको शब्द संगितमा रहेको भिडियोमा मोडल स्मारीका ढकाल र पुर्ण परियारले डब्यु गरेका छन ।

विशाल घिमिरेको निर्देशन, अजय रेग्मीको छाँयाङकन र अमृत चापागाईको सम्पादनमा रहेको म्युजिक भिडियो सीता परियार अफिसियल युट्यु च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->