तमु अर्थात् गुरुङहरुले आज नयाँवर्ष मनाउँदै छन् । गुरुङहरु नेपालका आदिवासी जनजातिमध्येको एक जात मात्रै हैन, नेपालीलाई विश्वभर चिनाउने माध्यम पनि हुन् । गोर्खाली सेनामा भर्ना भएर होस् वा अन्य माध्यमबाट उनीहरुले विश्वभर नेपाली वीरताको गाथा सुनाएका छन् । विदेश घुमेर नेपाल आउँदा उनीहरुले नयाँ संस्कृति र सभ्यता पनि ल्याएका छन् । प्रकृतिका पूजारीहरु हुन्, गुरुङहरु । प्रकृतिको सामिप्यतामा रहेको यो जातले यो वर्ष मुफ्री (गिद्ध) ल्हाको बिदाइ सफ्रिी ल्होको स्वागत गरिँदैछ ।
गुरुङसँग सम्बन्धित विभिन्न संघ÷संस्थाले आज गण्डकी प्रदेश र देशभर ल्होसार÷ल्होछार मनाउँदैछन् । पुस १५लाई नेपालका अन्य जातजातिले पनि विभिन्न स्वरुपमा मनाउने गर्छन् । मध्य पुसको ठिहि¥याउँदो चिसोमा मनाइने पर्वसँग तातो कुरा खाने र स्वस्थ रहने सन्देश पनि प्रवाहित हुन्छ । मुलतः यो पर्व प्रकृति र संस्कृतिसँगै जोडिन्छ । तमुहरुलाई ल्होसार÷ल्होछारको हार्दिक मंगलमय शुभकामना !
गण्डकी प्रदेश तमुहरुको आदिम थलो हो । उनीहरु यहीँका लेकपाखामा भुले, यहाँका वन र बस्तीहरुमा रमाए । अहिले पनि यो लेकाली जातिको आफ्नैखाले रहनसहन अनि संस्कृति रहेको छ ।
निश्चय पनि गण्डकी तमुसहित अन्य जातजातिको पनि थलो हो । अहिले यो मुद्दा असान्दर्भिकजस्तो देखिएको छ । नाम जे भए पनि मौलिकता परम्परा र संस्कृतिको संरक्षण गर्नु राज्यको कर्तव्य हो । यहाँ रहेका सबै जातजातिहरुको धर्म र संस्कृति अनि परम्पराको संरक्षण गरिनुपर्छ । राज्यले ती जातजातिको आत्मसम्मानमा चोट पु¥याउने कार्य गर्नु हुँदैन । अर्कोतर्फ विविधतामा एकता भन्ने पुरानो नारालाई सार्थकता दिएमा त्यसले देशको आर्थिक र सामाजिक विकासमा सघाउँछ भन्ने भुल्नु हुँदैन । तमु ल्होसार मनाइरहँदा यहाँ रहेका हरेक मौलिक परम्परा र संस्कृतिहरुको संरक्षणमा राज्य लाग्नैपर्छ । जनजाति वा कसैको मुख्य चाडमा शुभकामना दिनुमात्र राज्यको काम हैन । शुभकामनासँगै उनीहरुको चाहना पूरा गरिदिए मात्रै वास्तवमा सबैको भलो हुन्छ । समान अवसर प्रदान गर्दै पछि परेकाहरुलाई अगाडि ल्याउने प्रयत्नको थालनी गरिनुपर्छ ।




