बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भाइरसबाट बचौँ

भाइरसबाट बचौँ


  • Dhorpatan News
  • पुष २३ २०८१, मंगलबार

छिमेकी चीन र भारतमा स्वासप्रश्वास प्रणालीमा असर गर्ने ह्युमनमेटानिमो भाइरस (एचएमपीभी) को संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिको हाच्छ्यूँ र खोकीबाट सर्ने यो भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा बालबालिकालाई असर गर्ने चिकित्सकहरुले बताएका छन् । खोकी लाग्ने, घाँटी दुख्ने,सास फेर्न गाह्रो हुने यो संक्रमणका लक्षण हुन् र रोग छिप्पिए त्यसले निमोनिया निम्त्याउनेसम्मको चेतावनी चिकित्सकहरुको रहेको छ । मेटाप्यूमोसमेत भनिने यो भाइरस सबैभन्दा पहिला चीनमा देखिएको थियो । अहिले भारतमा पनि दुई बालबालिकामा संक्रमणको पुष्टि भएको छ । अहिले सामाजिक सञ्जालमा एचएमपीभीको भयबारे विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् । केहीले यसलाई कोभिडसँग तुलना गरेका छन् । संक्रमितहरुले भरिभराउ चीनका अस्पतालको तस्वीरले पनि मान्छेमा भय सिर्जना गरेको छ । यो भाइरस नेपाल भित्रिएको छैन । त्यसैले आत्तिनुपर्ने कुरा पनि छैन तर चिकित्सकहरुले यो भाइरस नेपालको लागि नौलो नभएको र धेरै पहिला नै यहाँका बालबालिकामा संक्रमण पुुिष्ट भएकाले आत्तिनुनपर्ने बताएका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको यो भाइरस शक्तिशाली भएर आएको भएमात्र त्यसबाट आत्तिनुपर्ने धारणा दिएका छन् । नेपालको स्वास्थ्य मन्त्रालयले भने यो संक्रमणबारे आधिकारिक जानकारी बाहिर ल्याएको छैन ।
भाइरसको संक्रमण तीनदेखि ६ दिनसम्मको हुने र परेज गर्नसके त्यसबाट सहजै उम्कन सकिने चिकित्सको भनाइबाट ढुक्क हुने अवस्था त सिर्जना भएको छ तर आवश्यक सुरक्षा प्रबन्धमा भने आजैदेखि लाग्नुपर्ने देखिएको छ । किनकि, यो भाइरसको औषधि छैन । यो भाइरसबाट बच्नको लागि रुखाखोकी लागेको व्यक्तिबाट टाढै बस्ने, खोक्दा वा हाच्छ्यूँ गर्दा रुमालले छेक्ने एवं मास्क प्रयोग गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । साबुन पानीले हात त धुनै प¥यो । मुख्य कुरा, छिमेकी देशमा संक्रमण फैलिएपछि यो एकदिन नेपालमा पनि देखिनसक्छ भन्नेमा सरकार र स्वास्थ्य मन्त्रालयले सचेतता अपनाउनुपर्छ । साँच्चै संक्रमणको स्वरुप परिवर्तन भएको हो भने सर्तकता अपनाउनको लागि नागरिकहरुलाई आह्वान गर्नुपर्छ । नागरिकलाई भयवित पार्ने हैन कि सुरक्षित रहन चाहिँ आग्रह गर्नुपर्छ । त्यस्तो नहोस् तर भाइरस फैलियो भने त्यसको रोकथामको लागि तयारी पनि सुरु गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->