बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उत्पादनमा आधारित अनुदान देऊ

उत्पादनमा आधारित अनुदान देऊ


  • Dhorpatan News
  • माघ १३ २०८१, आइतबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्पादनमा आधारित रहेर किसानहरुलाई अनुदान वितरण गर्ने बताएका छन् । उनले यसअघि अनुदानको रकम दुरुपयोग गरिएको र आफू निकटका व्यक्तिलाई बाँडिएको आरोप पनि लगाएका छन् ।
एउटै बाख्राको खोर पाँच जनाले देखाउने, दुईवटा भैंसीको फोटो १० जनाले देखाउने र अनुदान लिएर जाने प्रवृत्ति अन्त्य गर्नका लागि उत्पादनमा आधारित भएर अनुदान दिने प्रणालीको विकास गरिने उनको भनाइ छ । उनले कस्तो अवस्थामा कति अनुदान दिने भन्नका लागि कार्यविधि बनाइने पनि बताए ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री जलवायुमैत्री कृषि परियोजना संचालनमा ल्याइएको थियो । सो परियोजनामार्फत् किसानहरुलाई अनुदान दिइयो । कृषिमा आत्मनिर्भर हुने भन्दै दिइएको अनुदानको दुरुपयोग भएको महालेखाको कार्यालयले औंल्यायो । पार्टीका कार्यकर्तालाई मकै बाँडेजस्तो बाँडिएको अनुदानको सदुपयोग भएन । यस्तै होमस्टेको लागि भन्दै वितरण गरिएको अनुदानमा पनि त्यस्तै भयो । मुख्यमन्त्री स्वयंले यो कुरा स्वीकारेका छन् र आउँदा दिनमा उत्पादनमा आधारित रहेर अनुदान दिने जुन घोषणा गरेका छन्, त्यो स्वागतयोग्य छ । कृषिमा अनुदान दिनुपर्छ । हाम्रा किसानहरुसँग पूँजीको अभाव छ । भारतबाट आउने फलफूल र तरकारीसँग प्रतिस्पर्धा गर्ने क्षमता पनि किसानसँग छैन । किसानलाई प्रोत्साहन गर्न र आयात प्रतिस्थापनका लागि उनीहरुलाई प्रोत्साहित गर्नैपर्छ । तर,अनुदानको सदुपयोग भए÷नभएको हेर्नैपर्छ । अनुदानले उत्पादकत्व बढाउनुपर्छ । आयात प्रतिस्थापन गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->