बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नानीहरुलाई एचपीभी खोप लगाऊँ

नानीहरुलाई एचपीभी खोप लगाऊँ


  • Dhorpatan News
  • माघ २३ २०८१, बुधबार

सरकारले देशभरका किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खो अभियान सुरु गरेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका सबै उमेरका किशोरीहरु र विद्यालय नजानेको हकमा भने ११ देखि १४ वर्षका किशोरीहरुलाई यो खोप लगाइँदै छ । पाठेघर संवेदनशील अंग हो । पाठेघरमा हुने क्यान्सरबाट वर्षेनी ५ लाख ७० हजार महिलाहरु संक्रमित हुँदै आएको तथ्याङ्क रहेको छ । यो क्यान्सरबाट प्रत्येक दिन चारजनाको मृत्यु भइरहेको यो रोगको सुरुवातमा कुनै लक्षण देखिँदैन । भाइरस संक्रमित व्यक्तिसँग यौन सम्पर्क भएमा सर्ने यो रोगविरुद्धको खोपको करिब ११ हजार रुपैयाँ पर्छ । तर, सरकारले अहिले निःशुल्क रुपमा खोप कार्यक्रम ल्याएको हो । महिलाहरुमा सकेसम्म रोग लुकाउने बानी हुन्छ । अझ,गोप्य अंगमा हुने रोगले पीडा दिँदा पनि महिलाहरु अस्पताल पुग्दैनन् । लजाउने, आफ्नो कुरा अर्कालाई नसुनाउने बानीले रोग बल्झँदै जान्छ र त्यसले मृत्युको मुखमा पु¥याउँछ । महिलाहरुले आफ्नो बानी सुधार्नुपर्छ । रोग लुकाउनु हुँदैन ।
अहिले सरकारले निःशुल्क रुपमा खोप अभियान संचालन गरेको छ । यो अभियानमा सबै बालिकाहरुलाई सहभागी गराउनको लागि प्रचारात्मक अभियान संचालन गरिनुपर्छ । आफ्ना नानीहरुलाई खोप लगाउनका निम्ति प्रेरित गर्नुपर्छ भने लगाइ सकेकाले अरुलाई पनि सूचना दिनुपर्छ । नेपालमा खोप अभियान संचालन हुँदा पनि त्यसमा सहभागी नहुनेहरु पनि छन् । खोप लगाउँदा अनेकौं साइड इफेक्ट हुने आशंकाले पनि त्यसो हुने गरेको छ । यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ । क्यान्सरजस्तो घातक रोग लाग्यो भने कि त्यसको उपचार नै हुँदैन, भयो भने पनि महँगो पर्छ । अतः सरकारले संचालन गरेको खोप अभियानमा सरिक बनौँ । क्यान्सरबाट बचौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->