बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साहित्य महोत्सवको सन्देश

साहित्य महोत्सवको सन्देश


  • Dhorpatan News
  • फाल्गुन २१ २०८१, बुधबार

नेपाल साहित्य सम्मेलनको १३ औं संस्करणको मैझारो भएको छ । फागुन १५ गते संगीतसहित सुरु भएको महोत्सव फागुन १८ गते संगीतमय माहौलमै समापन भएको छ । यो बीचमा विख्यात विद्धान महेन्द्र पी लामादेखि राजनीतिज्ञ तथा अभियन्ता शशी थरुरसम्मले महोत्सवमा सहभागिता जनाए । अन्य संस्करणजस्तै साहित्यकार, राजनीतिज्ञ, कवि–कलाकार, पत्रकार तथा अर्थशास्त्रका ज्ञाताहरुसम्मको उपस्थितिले महोत्सव गुलजार भयो । स्वदेश र विदेशका गरी ३ सयभन्दा बढी प्रबुद्ध व्यक्तिहरुको जमघट गराएर आयोजक बुकवर्म फाउण्डेसनले बैदामे ताल किनारलाई विशेष बनायो । विभिन्न विधामा गरिएका गहन बहसले नयाँ विचारको जन्म गरायो, हजारौंलाई नयाँ बाटोमा लाग्न प्रेरणा दिलायो । सानो प्रयास र तयारीमा यो सम्भव थिएन । तर, ठूलो टिम र उत्तिकै मिहिनेतका कारण आयोजक लक्ष्यमा खरो उत्रिए । हो, ठूलो यज्ञ गर्दा केही कमजोरी हुन्छन् नै ! तर, ती कमजोरी नियतबस थिएनन्, मानवीय कमजोरीका कारण घटित् भएका थिए ।
नेपालमा विभिन्न नाममा विभिन्न ठाउँमा मेला र महोत्सव आयोजना हुँदै आएका छन् । ती सबै महोत्सवका निश्चित उद्देश्य हुन्छन् । आयोजकले जे दाबी गरे पनि पछिल्लो समय लाभलाई केन्द्रमा राखेर महोत्सवहरु आयोजना हुँदै आएका छन् । साहित्य महोत्सव त्यसमा पृथक देखियो । शब्दहरुको खेती गरिएको यो महोत्सवका आयोजकहरुसँग पनि स्वार्थ पक्कै थियो होला तर त्यो बौद्धिक बहस सिर्जनाका निम्तिमात्र थियो । आयोजकहरुले साहित्यको ठूलो कुम्भ मेलामार्फत् सकारात्मक सन्देश प्रवाह गरेर पोखरालाई ठूलो गुन लगाएका छन् । कला, साहित्य र संगीतको सहर पोखरालाई गतिशील बनाउने उनीहरुको कृत्य आफैंमा सह्रानीय छ । काम गर्न गाह्रो छ । यति ठूलो महोत्सव आयोजना गर्न सजिलो हुँदैन । आयोजकको यो प्रयासमा सबैले सहयोग गर्नुपर्छ । अर्को संस्करणको महोत्सवका निम्ति पनि सम्पूर्ण पोखरेली र साहित्यानुरागीहरुले अहिलेदेखि नै होस्टेमा हैंसे गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->