बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आयात प्रतिस्थापनबारे सोच

आयात प्रतिस्थापनबारे सोच


  • Dhorpatan News
  • चैत्र २८ २०८१, बिहिबार

विदेशी मुद्राको संचिमिा बढोत्तरी भएको छ । रेमिट्यान्स बढी भित्रिँदा र पर्यटन उद्योग उँभो लाग्दा यो अवस्था आएको हो । ढुकुटीमा आवश्यकताभन्दा बढी पैसा थुप्रिनु देशको अर्थतन्त्रको लागि राम्रो कुरा हैन । अतः सरकारले यसरी थुप्रिएको रकमको उपयोगबारे ध्यान दिनुपर्ने देखिएको छ । तर, त्यो उपयोग विलाशिताका बस्तु आयात गर्ने गरी हुनुहुँदैन । हाम्रोजस्तो आयातमा निर्भर अर्थतन्त्रका लागि विदेशी मुद्राको संचिति जरुरी हुन्छ । विदेशी मुद्रा नहुँदा कस्तो संकट आउँछ भन्ने कुरा बुझ्न टाढा जानै पर्दैन । केही वर्षअघिको श्रीलंकालाई सम्झे पुग्छ । विदेशी मुद्राको संचिति नहुँदा सबै देशले यही नियति भोग्नुपर्छ ।

सरकारले अहिले जम्मा भएको विदेशी मुद्रा उपयोग गर्दै अर्थतन्त्र माथि उकास्न के गर्न सकिन्छ भन्नेतर्फ भने अर्जुनदृष्टि लगाउनुपर्छ । तर, यसो भनिरहँदा आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुअघि निर्वाहमुखी समेत बनाउने दिशामा काम चाहिं हुनैपर्छ । खाद्यान्नसम्म आयात गर्नुपर्ने बाध्यताबाट मुक्त नभइञ्जेल देश आत्मनिर्भर बन्दैन । कम्तिमा बस्तु आयातको विकल्प खोज्नुपर्छ भनिरहँदा उपभोग्य बस्तु उत्पादनमात्रै गर्न सकियो भने पनि केही राहत प्राप्त हुन्छ । इन्धनलगायतका विलासिताका वस्तुहरु आयातमा सधैं कडाइ गरिनुपर्छ । सार्वजनिक सवारी भरपर्दो बनाउन सके निजी सवारी आयात रोक्न सकिन्छ भन्ने तथ्यलाई पनि राज्यले मनन गर्नुपर्छ । कृषिलाई बढावा दिनसके चामल नै बेसाउनबाट मुक्त भइन्छ । समस्याले समाधानको उपाय पनि सुझाउँछ । हिजो भोकमरीबाट गुज्रेका र आज सवल अर्थतन्त्र निर्माण गरेका देशहरु यसको लागि उदाहरण बन्नसक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->