बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फोहर व्यवस्थापनको सफल मोडल

फोहर व्यवस्थापनको सफल मोडल


  • Dhorpatan News
  • बैशाख १० २०८२, बुधबार

पोखरासहित देशका सबै नगरहरुमा फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखा परेको छ । जथाभावी हुने फोहर विसर्जनले जल र जमिन प्रदूषित भएको छ भने नागरिकहरुको स्वास्थ्यमा नकारात्मक असर पारेको छ । पोखराकै कुरा गर्ने हो भने अहिले अस्थायी रुपले पोखराको फोहोर फोहोर वडा नम्बर ३२ को लामेआहालमा फाल्दै आइएको छ । स्थानीयहरुको पटक–पटकको अवरोध र गुनासो छँदैछ, त्यहाँ कहिलेसम्म फोहोर विसर्जन गर्ने भन्ने निधो छैन । महानगरले अब फोहोर प्रशोधन गर्ने घोषणा त गरेको छ तर त्यो परियोजना कहिले संचालनमा आउँछ भन्ने पनि टुंगो छैन ।

फोहोरलाई उचित तरिकाले पुनः प्रयोग गर्ने हो भने त्यो आम्दानीको स्रोत बन्छ । फोहोर वर्गीकरण गर्ने हो भने धेरैजसो फोहोर घरमै व्यवस्थापन गर्न पनि सकिन्छ । त्यस्तो कार्य हेर्न टाढा जानु पर्दैन । गण्डकीकै वालिङ नगरपालिकाले फोहर व्यवस्थापनमा नमूना प्रस्तुत गरेको छ । वालिङले फोहर व्यवस्थापनमा नागरिकहरुलाई परिचालितमात्रै गरेको छैन, फोहरको बर्गीकरण गर्दै त्यसालइर्० आय आर्जनको माध्यम बनाएको छ । नगरपालिकाले वेस्ट म्यापिङ गरेको छ । वेस्ट एप्स तथा फोहर बोक्ने गाडीहरुलाई जीपीएसमा जोडेको छ । त्यही एप्समार्फत् नागरिकले कुहिने, नकुहिने तथा दिसाजन्य फोहोरहरु बोक्ने गाडीको अवस्था पत्ता लगाउँछन् । दैनिक तालिका बुझ्छन् र फोहर फाल्ने समय मिलाउँछन् । यस्तै,

वालिङले दिसाजन्य फोहरबाट बायो ग्यास र कम्पोष्ट मल उत्पादन गरेको छ । एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा वडा नंबर १ मजुवामा प्लाण्ट बनेको हो । प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने व्यवस्था छ । वालिङले जे गरेको छ,त्यसबाट अन्य सहरहरुले सिक्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->