बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सहर र शहीद पार्क

सहर र शहीद पार्क


  • Dhorpatan News
  • बैशाख १४ २०८२, आइतबार

पोखरा १८, जामुनबोटमा शहीद पार्क निर्माण भएको धेरै भयो । त्यहाँ शहीदहरुका शालिक राखिएको छ । पोखरा नगरका विभिन्न भागमा रहेका शालिकहरुलाई त्यहाँ लगेर व्यवस्थापन गर्ने भनिए पनि केही शालिकहरु त्यहाँ लगिएको छैन । शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने महानगरको योजना छ । त्यसमा भने महानगर केही हदसम्म सफल देखिएको छ ।

पोखराको बाक्लो क्रंक्रिटको जङ्गल देखिनु जामुनबोटको विशेषता हो ।स्वास्थ्यको ख्याल गर्नेहरु बिहानै डाँडा उक्लन्छन्, मनोरञ्जन र दृष्यावलोकनका शौखिनहरुको लागि यो पायकको गन्तव्य हो । पोखरा–१८ मा पर्ने जामुनबोटले हिजोआज परिचय बदलेको छ । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित पृथ्वीनारायण शाह, योगेन्द्रमान शेरचन, भीमसेन दाहाल, पुष्पलाल श्रेष्ठसम्मको शालिक मात्रै छ्रैन,शारीरिक व्यायामका सामग्री पनि राखिएको छ । करिब ५७ रोपनी क्षेत्रफल फैलिएको पार्कको नाम नै ‘शहीद पार्क’ राखिएको छ ।

एउटा जीवन्त सहरमा मानवीय विकास क्रममा निर्मित सबै कुराहरु सुरक्षित हुन्छन् भन्ने महानगरले भुल्नु हुँदैन । फ्रान्सदेखि बेलायतसम्मका उदाहरण हेर्ने हो भने त्यहाँ पनि साँघुरा सडकमा शालिकहरु नभएका हैनन् । तर, उनीहरुले शालिकको व्यवस्थापन यसरी गरेका छन् कि, ती भद्दा लाग्दैनन् । त्यसले सहरकै सौन्दर्यता र वैभवता थपेको महसुस गराउँछन् । शालिकहरुसँग सम्मान र इतिहास जोडिएको हुन्छ । शालिकहरुको मात्रै पार्क निर्माण हुँदा कुनै पनि कालखण्ड, व्यक्ति र समुदायको अवमूल्यन गरिनु हुँदैन । सबै शालिकहरुलाई यथासम्भव सही ठाउँमा व्यवस्थापन गरिनुपर्छ । शहीद पार्कलाई अझ व्यवस्थित बनाउँदै अन्य ठाउँमा पनि त्यस्ता पार्क निर्माण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->