बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जैमिनीको असल कर्म

जैमिनीको असल कर्म


  • Dhorpatan News
  • बैशाख २२ २०८२, सोमबार

नेपालको निर्माण क्षेत्रमा असाध्यै चलेको शब्दावली हो– असारे विकास । आर्थिक वर्ष सकिनलाग्दा हतार–हतार काम गर्ने र बजेट सिध्याउने यो प्रवृत्तिले न गुणस्तरीय निर्माणको सुनिश्चितता गर्छ न सुशासनलाई नै सघाउँछ । आर्थिक वर्ष साउन १ गतेबाट सुरु हुने भए पनि अहिले पनि आर्थिक वर्ष सकिनै लाग्दा काम थाल्ने र हतारमा सक्ने प्रवृत्तिको अन्त्य भएको छैन । अहिले देशमा तीनवटा तहका सरकार छन् । सवै सरकारहरु यो रोगबाट मुक्त हुन सकेका छैनन् । तर, बागलुङको जैमिनी भने नमूना देखिएको छ । जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि तयार पारेको १० लाख रुपैयाँसम्म लगानीका सबैजसो योजनाहरु सम्पन्न गरिसकेको छ । चालु आर्थिक वर्षमा जैमिनीले ५ सय २२ योजना कार्यान्वनयमा ल्याएको थियो । तीमध्ये सामाजिक विकासतर्फ २ सय १३ वटा, आर्थिक विकासतर्फ ७८ वटा, वन तथा वातावरण तर्फका १९, सुशासनतर्फका २२ योजना रहेका थिए । तीमध्ये करिब ९५ प्रतिशत योजना सम्पन्न भएर फरफारक पनि भइसकेको छ । केही क्रमागत योजना चाहिँ अहिले पनि चालु रहेको नगरपालिकाले जनाएको छ ।

जैमिनी अहिले फुर्सदमा देखिएको छ । योजना सम्झौता गर्दापनि समयसीमा दिएर काम गरेकोले ज जैमिनीले यो सफलता पाएको हो । जैमिनीको असल कर्मको अन्य पालिकाले पनि सिको गर्दा राम्रो हुन्छ । बेलैमा काम सुरु गर्ने र बेलैमा सक्दा जनताले विकासको प्रतिफल पनि पाउँछन् । असारे विकासको गलत प्रवृत्ति पनि रोकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->