बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युद्धले हैन शान्ति,आवेग हैन संयम !

युद्धले हैन शान्ति,आवेग हैन संयम !


  • Dhorpatan News
  • बैशाख २५ २०८२, बिहिबार

भारतको कास्मिरको पहलगाममा भएको आतंकारी आक्रमणको बदलास्वरुप भारतले मंगलबार राति पाकिस्तानका ९ वटा स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ । ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो आक्रमण आतंककारीका केन्द्र लक्षित रहेको भारतीय सरकारको दाबी छ । उसले पहलगाम आक्रमणकारीलाई सजाय दिनको लागि उनीहको केन्द्रमा प्रहार गरिएको बताए पनि पाकिस्तानले त्यसलाई दुष्टतापूर्ण र अकारण मानेको छ । आक्रमणबाट बालबालिकासहित कयौंको ज्यान गएको छ । संख्याबारे स्वतन्त्र रुपले पुष्टि नभए पनि भारतीय आक्रमणबाट मानिसहरु मारिएका छन् । यता, पाकिस्तानले गरेको जवाफी आक्रमणबाट भारततर्फ पनि नागरिकहरुको ज्यान गएको छ । दुवै आणविक राष्ट्रहरु युद्धको लागि तम्तयार अवस्थामा देखिएका छन् । यसले दक्षिण एसिया र समग्र विश्वमै त्रासको वातावरण सिर्जना गराएको छ ।

भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ । यी देशबीच युद्धसँगै वार्तामार्फत्् शान्ति वातावरण पनि बनेको छ । तर, यो पटक जे भएको छ, त्यसले तत्काल मनोमालिन्य मत्थर नहोला कि भन्ने आशंकालाई बल पु¥याएको छ । कारण, पाकिस्तानले सैन्य कारवाहीको जिम्मेवारी सेनालाई सुम्पिसकेको छ । सेनापति जर्नेल सइद असिम मुनिरले भारतलाई कठोर जवाफ दिने बताइसकेका छन् । यता, भारत पनि राष्ट्रियतासँगै आतंकवादको खिलाप कडा कदम चाल्ने दृढताबाट तत्काल पर हट्ने पक्षमा देखिएको छैन । उसले भारतमा हुन आतंकवादी क्रियाकलापमा पाकिस्तानको संरक्षकत्वमा रहेको समूहको हात रहने गरेको आरोप लगाउँदै आएको छ ।

एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी भएको आतंकवादी आक्रमण कायरताको पराकाष्ठा र मानवताविरुद्धको घृणित कार्य थियो थियो । त्यसको जति निन्दा गरे पनि कम हुन्छ ।आतंकवादको विरुद्धमा सिंगो विश्व एकजुट हुनुपर्ने आवश्यकता छ । त्यस मामिलामा पाकिस्तान बाहिर रहन सक्दैन । तर, आतंकवादी आक्रणको छेकोमा पुरानो दुस्मनी जसरी बल्झेको छ, त्यसलाई दुवै देशले संमयतापूर्ण रुपले मत्थर पार्नु हितकर देखिएको छ । युद्धले कसैलाई जिताउँदैन । युद्धको क्रममा हुने क्षतिको पूरण पनि सजिलोसँग गर्न सकिँदैन । राष्ट्रियता सर्वथा प्यारो त हुन्छ तर विनास र खरानीमा उभिएको राष्ट्रवादले दिने भनेको पीडा नै हो । युद्धले दिने पीडा कस्तो हुन्छ भन्ने दुवै देशले बुझेका छन् । अतः यो बेला संयमतापूर्ण तरिकाले काम गर्नुपर्छ । जे भएको छ, त्यहाँबाट अगाडि बढ्नु र शक्ति प्रदर्शन गर्नुको सट्टा सहमति कायम गर्नेतर्फ पाइलाहरु चाल्नुपर्छ । यसको लागि अन्तर्राष्ट्रिय जगतले पनि दबाब सिर्जना गर्नुपर्छ । युद्धलाई कुनै पनि हालतमा रोक्नुपर्छ । विनासको पथमा लम्कन हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->