पोखरा/पोखरामा गजलकार देवेन्द्र केसी‘देवु’ ले गजल सुनाए । पोखरा नै जन्मभूमि भएका गजलकार ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा एकल साँझ आयोजना गरिएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा गजल सन्ध्या सम्पन्न भएको थियो । उनले मायाप्रेम, प्रकृति, राष्ट्रप्रेमलगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत गरेका थिए ।





