बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

इजरायलमा रहेका नेपालीको सुरक्षा प्रबन्धमा होस्

इजरायलमा रहेका नेपालीको सुरक्षा प्रबन्धमा होस्


  • Dhorpatan News
  • असार ४ २०८२, बुधबार

इजरायल र इरानबीचको द्वन्द्वको सुरुमै नेपालले आफ्ना १० नागरिक गुमायो । हमासको अपहरणमा परेका विपिन जोशीको अवस्था अज्ञात नै छ ।

इजरायलले अहिलेसम्म पनि प्लालेस्टाइनमाथिको आक्रमण रोकेको छैन भने हालैका दिनमा इरानमाथि आक्रमण गरिरहेको छ । इजरायलको त्यो आक्रमणको इरानबाट भएको प्रतिकारका कारण केही नागरिकको ज्यान गएको छ भने कयौँ घाइते भएका समाचारहरु बाहिर आएका छन् । लडाइँ चर्कँदै जाँदा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा चिन्ता पुनः बल्झिएको छ । अध्ययन,केयरगिभर, कृषि र अन्य पेशाका निम्ति हजारौँ नेपालीहरु इजरायलमा रहेका छन् । तीमध्ये कतिपय नेपालीहरु सुरक्षा संवेदनशील क्षेत्रनजिकै पनि रहेको खबरहरु आइरहेका छन् । इजरायलमा रहेका नेपाली राजदूत नै योबीचमा कयौँपटक बंकरम पस्ने र निस्कने गरेका समाचारले नेपालमा रहेका आफन्तहरु चिन्तित बनेका छन् । इजरायलसँग मिसाइल प्रतिरोधि क्षमता छ र कतैबाट आक्रमण हुन लागेको जानकारी प्राप्त हुनासाथ साइरन बजाइन्छ । साइरनको आवाज सुन्नासाथ नगारिकहरु भूमिगत बंकरमा पस्छन् । कामको लागि गएका नेपालीहरुले चाहिँ त्यो सुरक्षा प्रबन्ध प्राप्त गरेका छैन र उनीह्रु आक्रमणको बेला भ¥याङमा लुक्ने गरेका छन् । यो परिस्थितिले उनीहरूको ज्यान असुरक्षित छ भन्ने सोझै अनुमान लगाउन सकिन्छ ।

लडाइँ थामिने सुर छैन । द्वन्द्व लम्बिँदा र इजरायलमाथि थप आक्रमण हुँदाको सम्भावित अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन । अघिल्लोपटकको जस्तै नेपाली नागरिकले ज्यान गुमाउने अवस्था नआओस् भन्नाका खातिर सवै सामथ्र्य प्रयोग गरिनुपर्छ । नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनु तथा आवश्यक परेको बेला तत्काल स्वदेश फर्काउने सम्भाव्यतासम्बन्धी योजना तयार बनाउनै पर्छ ।नागरिकको जीवन र सुरक्षाभन्दा ठूलो कुनै प्राथमिकता हुन सक्दैन।नेपालीको ज्यान सुरक्षाका लागि राज्यको संवेदनशीलता, तत्परता र कूटनीतिक सक्रियता अपरिहार्य छ ।

नेपाल सरकार, विशेषतः परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासले यो विषयलाई विशेष महत्व दिनुपर्छ ।तत्काल सम्पर्कमा रहेका नेपालीहरूका तथ्याङ्क संकलन, जोखिम क्षेत्रमा रहेका नागरिकको सुरक्षित स्थानमा स्थानान्तरण, र आवश्यकता परेमा स्वदेश फिर्तिको व्यवस्था सुनिश्चित गर्नु अनिवार्य छ । यसका साथै इजरायली सुरक्षासंस्थासँग समन्वय गरी नेपालीहरूको जीवन रक्षा तथा मनोवैज्ञानिक सहयोगको पनि व्यवस्था गरिनु पर्छ ।

विश्वका अस्थिर भू–भागमा काम गर्न जाने नेपाली नागरिकहरूको लागि सुरक्षाजन्य योजना, पूर्वतयारी र द्रुत प्रतिकृया प्रणाली अपरिहार्य हुन्छ भन्ने विभिन्न घटनाक्रमहरुले पुष्टि गरिसकेका छन् । सकेसम्म नागरिकलाई स्वदेशमै रोजगारीको प्रबन्ध गर्नु अत्युत्तम हो । तर, बाध्यताले विदेश जानेहरुको हकमा पनि राज्यले दीर्घकालीन रणनीति बनाउँदै द्वन्द्वको जोखिम भएका देशहरूमा कसरी सुरक्षित हुने भन्ने जानकारी दिनु जरुी देखिएको छ । यस्तै द्वन्द्वग्रस्त राज्यहरुम श्रमिक पठाउने नीतिमै पुनर्विचार गर्नु पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->