बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सावधानीले हुन्छ जिउधनको सुरक्षा

सावधानीले हुन्छ जिउधनको सुरक्षा

बाढी पहिरोबाट बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका बालबालिकालाई जोगाउने, सरोकारवाला चनाखो हुने, नागरिक सचेत बन्दा जिउधनको सुरक्षा हुन्छ । बाढी पहिरोबाट बच्न पूर्वतयारी र जानकारी लिन नचुकौं । आफू बचौं र अरुलाई बचाउन सहयोग गरौं ।


  • Dhorpatan News
  • साउन ४ २०८२, आइतबार

नेपालमा वर्षा बनाउने प्रणाली मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव छ । यसै कारण शनिबार रातिदेखि देशभर भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले बिभिन्न सूचनाहरुमार्फत जानकारी गराएको छ । वर्षायाममा पानी पर्नू नौलो कुरा भएन् । मनसुनी गतिविधि सक्रिय रहेकाले यसअघि पनि वर्षा नभएको भने होईन् । तर, विगतका वर्षहरुमा जस्तो मनसुन भित्रिने र फैलिने बेलामा यो वर्ष भारी वर्षा भएन । किसानले वर्षाको आशामा बर्खेबाली धान रोप्ने काम धमाधम गरिरहेको भए पनि पर्याप्त पानी परेकै छैन । मनसुन सुरु भएयता सबैभन्दा धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना बढेको पहिलोपटक हो । त्यसैले यो पटक स्वभाविक हिसाबले वर्षा धेरेै हुने छ । वर्षा हुनु प्रकृतिका लागि निकै लाभदायक छ । कृषि उत्पादन बढाउनका लागि वर्षाले निकै सहयोग गर्नेछ । तर, वर्षा जति लाभदायक छ त्यति नै त्यसले जनधनको क्षति पु¥याउन सक्छ ।

कतिपय प्राकृतिक र कतिपय मानव सिर्जित कारणबाट वर्षा बिनाशको रुपमा रुपान्तरण हुने गरेका घटना हामीले भोग्दै आएका छौं । तर हामीले वर्षाबाट हुने क्षतिबाट बच्नका लागि भने पूर्व साबधानी अपनाउन अझै सकिरहेका छैनौँ । वर्षाको समयमा यदि व्यक्तिगत सुरक्षामा कुनै खतरा महसुस भयो भने विलम्ब नगरी आपत्कालीन सेवा दिने निकायमा सम्पर्क गर्ने, बाढीको पानी र सम्भावित पहिरो खस्ने स्थानमा हिँड्डुल नगर्ने, नदी तथा खोला किनारमा नहिँड्दा र घर वरपर तथा खेतबालीको नजिकबाट बग्ने भलबाढी व्यवस्थापन गर्दामात्रै पनि जोखिम धेरै कम हुने सरोकारवालले जारी गरेका सार्वजनिक सूचनाहरुले बताउँछन् ।

बाढीको पानीको व्यवस्थापन, पहिरोग्रस्त क्षेत्र र मानिसका गतिविधिका कारण हलचलाएको जमिनको आसपास वर्षा भैरहेका बेला टाढा रहँदा मात्रै पनि जोखिम कम हुन्छ । पहिरो जानसक्ने संवेदनशील क्षेत्रमा नजाने र बाढी वा पहिरो आएको स्थानमा हेर्नका लागि हतार गर्दा आउनसक्ने जोखिमबाट बच्नका लागि सावधानी अपनाउन जरुरी छ । बाढी पहिरोबाट बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका बालबालिकालाई जोगाउने, सरोकारवाला चनाखो हुने, नागरिक सचेत बन्दा जिउधनको सुरक्षा हुन्छ । बाढी पहिरोबाट बच्न पूर्वतयारी र जानकारी लिन नचुकौं । आफू बचौं र अरुलाई बचाउन सहयोग गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->