बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोदीको पहिरोमा बेपत्ता दम्पतिमध्ये पुरुषको शव भेटीयो

मोदीको पहिरोमा बेपत्ता दम्पतिमध्ये पुरुषको शव भेटीयो


  • सञ्जय रेग्मी
  • साउन ४ २०८२, आइतबार

पर्वत / जिल्लाको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा घरमाथिबाट आएको पहिरोमा पुरिएका एक दम्पतिमध्ये पुरुषको शव फेला परेको छ। भारी वर्षासँगै आएको पहिरोले घरको एकापट्टीको भित्तो भत्काएर पुरिँदा घरमै रहेका ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती विक बेपत्ता भएका थिए। घट्नास्थलमा पुगेका जननेत्र माध्यमिक विद्यालय देउपुरका शिक्षक भूमिराज शर्माका अनुसार स्थानीयले बिहानैदेखि उनीहरुको खोजी थालेको भए पनि आइतबार बिहान करिब सवा नौ बजेको समयमा छविलालको शव पहिरोस्थलमा नै फेला परेको हो।
उद्धारका लागि मोदी गाउँपालिकाको डिमुवाबाट परिचालन भएको प्रहरी टोली समेत घट्नास्थलमा पुगेर वेपत्ता विष्णुमतिको खोजी गरिरहेको छ। शनिबार रातीदेखि नै भइरहेको अविरल वर्षाका कारण उद्धारमा समेत कठिनाई भइरहेको छ।
उद्धारको लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरीको थप जनशक्ति परिचालन भएको भए पनि घट्ना भएको गाउँमा पुग्ने सडक अवरुद्ध हुँदा समस्या भएको छ। सहजै सवारी चलेको अवस्थामा पनि मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट एक-डेढ घण्टाको समय लाग्ने सडक खण्ड अवरुद्ध बनेको छ।
सोही घरमा रहेकी छविलाल दम्पतिकी बुहारी ३२ वर्षिया पवित्रा बिकले भने भागेर ज्यान बचाएकी छिन्। कतिपयले उनको सकुशल उद्धार गरेको बताएको भए पनि प्रहरीले भने उनी भागेकी थिइन वा उद्धार गरिएको थियो भन्नेबारेमा स्पष्ट पारिसकेको छैन्। शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->