बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘विधवा नारी’को प्रदर्शन हुँदै

‘विधवा नारी’को प्रदर्शन हुँदै


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८२, बुधबार

पोखरा/सामाजिक यथार्थ र महिलाको पीडामा आधारित लघु चलचित्र ‘विधवा नारी’ आउँदो शुक्रबार सार्वजनिक हुँदैछ । चलचित्रमा विधवा महिलाले समाजबाट भोग्नुपरेको पीडा, भेदभाव र मानसिक संघर्षलाई यथार्थ ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ ।

चलचित्रको कथा श्यामसुन्दर कार्कीले लेखेका हुन् भने पटकथा सुमन तिमिल्सिनाले तयार पारेका छन्। निर्देशन सुवाश काफ्ले को रहेको छ भने छायाङ्कन लक्ष्मण बयालकोटीले गरेका हुन् ।

चलचित्रमा मनिषा लामिछाने प्रमुख भूमिकामा देखिएकी छन् । उनले विधवा महिलाको संघर्षशील र संवेदनशील जीवनलाई सशक्त अभिनयमार्फत् उतारेकी छन् । अन्य कलाकारहरूमा श्यामसुन्दर कार्की, नवराज सापकोटा, सरिता सुनारलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->