बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दशैंको शुभकामना : बेथिति हटोस्, थिति बसोस् !

दशैंको शुभकामना : बेथिति हटोस्, थिति बसोस् !

देश सधैँ प्रयोगशाला नबनोस्, अनिश्चयका बादलहरु फाटून्, नवनेपाल निर्माणको सपनाले सार्थकता पाओस्, आसुरी प्रवृत्ति अन्त्य होस्, बेथिति हटोस्, थिति बसोस् ।अधिकारको लागि पटक–पटक आन्दोलन गर्नुपर्ने नियतिबाट मुक्ति मिलोस् ।


  • Dhorpatan News
  • असोज १३ २०८२, सोमबार

दशैं मूलतः हिन्दुहरुको चाड हो । हिन्दुमै पनि दशैं मनाउने विधि र प्रक्रियाहरु फरक छन् । पहाडीया हिन्दु र मधेशका हिन्दुबीच दशैं मनाउने तौरतरिका फरक छ । त्यसो त बौद्ध धर्मावलम्बीहरु पनि अहिंसाको पर्वको रुपमा दशैं मनाउँछन् । दशैंका लागि सार्वजनिक बिदा प्रदान गरिएको छ,कर्मचारीका निम्ति अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । त्यसैले दशैं दशैं बहुभाषिक र बहुधार्मिक मुलुकको राष्ट्रिय चाड हो । बजार अर्थतन्त्रको आँखाबाट हेर्ने हो भने,दशैं व्यवसायीहरुको चाड हो । किनकि,वर्षभरको करिब ७० प्रतिशत किनमेल दशैंको छेकोमा हुने गरेको छ । जब कुनै चाड व्यवसायीको बन्छ,त्यसको तयारी पनि उस्तै तरिकाले गरिन्छ । व्यवसाय प्रवद्र्धनका निम्ति प्रचार–प्रसारदेखि छुट,उपहारको प्रबन्ध भइहाल्छ । केही समयअघि देखि नै उद्योगी÷व्यवसायीहरुको तर्फबाट यो उपक्रम सुरु भइसकेको थियो । बजारको सम्भावित मागलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था मिलाएका थिए । तर, यो वर्ष अनपेक्षित रुपले जेनजी आन्दोलनघटित भयो । परिवर्तनका निम्ति युवाहरु सडकमा निस्कनु अन्यथा थिएन तर आन्दोलनको उपक्रममा जेजस्ता गतिविधि भए,त्यसले दशैंको रौनक खोस्यो । घरको कान्छो पुस्ताको शहादतको शोकमा डुबेका तथा ध्वंशात्मक गतिविधिबाट भौतिक क्षति व्यहोरेका दुबैको लागि दशैं खल्लो बनिदियो । तिथि–मिति बदल्ने सामथ्र्य मान्छेसँग छैन । अतः मुखमा आएका चाडपर्वलाई पर धकेल्न सकिँदैन । तीतो अतित बिर्सेर आगततिर आँखा लगाउनु मानिसको स्वभाव हो । यो दशैं पनि तीतो अतित बिर्सेर नयाँ यात्रा तय गर्ने पर्वको रुपमै हामीसामु आइपुगेको छ ।

र, नयाँ यात्राको सन्दर्भमा चाहिँ यो दशैं विशेष हुने निश्चित छ । गाउँका चौतारा र चोकसम्ममै यो दशैंमा जेनजी आन्दोलन र त्यसका बहुआयामिक प्रभावबारे चर्चा हुनेछ । सहरबाट फर्केका युवाहरुले गाउँ फर्केर जेनजी आन्दोलनका उपलब्धिबारे जानकारी गराउने छन् । घोषित चुनाव र त्यसमा अभिव्यक्त हुने जनमत किन महत्वपूर्ण छ भन्ने कुरा सबिस्तार बताउने छन् । जेनजी आन्दोलनले कुशासन र भ्रष्टाचारको अन्त्य, सुशासन तथा युवाहरुलाई अवसर प्रदानको माग गरेको छ । त्यो माग चुनावपछि आउने संसदबाट पूरा गर्नुपर्ने छ । युवाको त्यही आवाजको प्रतिनिधित्व गर्नेहरु संसद पु¥याउने अभियान असत्यमाथि सत्यको विजयको पर्वको रुपमा लिइने दशैंबाट सुरु होस् । देश सधैँ प्रयोगशाला नबनोस्, अनिश्चयका बादलहरु फाटून्, नवनेपाल निर्माणको सपनाले सार्थकता पाओस्, आसुरी प्रवृत्ति अन्त्य होस्, बेथिति हटोस्, थिति बसोस् ।अधिकारको लागि पटक–पटक आन्दोलन गर्नुपर्ने नियतिबाट मुक्ति मिलोस् । ढोरपाटन दैनिकको तर्फबाट दशैंको शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->